दमौली/नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूहका तर्फबाट गोविन्द राज जोशीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसले आफ्नै उम्मेदवारप्रति छलकपट गर्न खोजेको संकेत गरेका छन् ।
नेपाली काँग्रेस तनहुँको समस्या समाधान गर्न पहल गरेको बाहाना बनाइ नेपाली काँग्रेसले चैत्र १९ गते एक बक्तब्य जारी गरेको बक्तब्यलाई जालझेलपूर्ण र अपमान गर्ने कपटपूर्ण दस्तावेज भन्दै बुधबारको विज्ञप्तिमा नेपाली काँग्रेसको छलकपट निर्वाचनको परिणामपछि स्पष्ट हुने खुलासा गरेका छन् ।
बैशाख १० गतेको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई हरतरहले जिताउने भन्दा बढी नेपाली काँग्रेसले हराएर दोष अरुलाई लगाउने छलकपट गरेको विज्ञप्तिमा जोशीले संकेत गरेका छन् । बैशाख दश गतेको निर्वाचनमा मतदान गर्ने सवालमा २१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न तनहुँ क्षेत्र नंं. १ का मतदाता सक्षम रहेको बताइएको छ । जोशीले विज्ञप्तिमा सत्य, न्याय र सामाजिक समृद्धिका लागि लडाई नसकिएको खुलासा गर्दै अबको लडाई देश र जनताको लागि हुने स्पष्ट पारेका छन् । राष्ट्र, राष्ट्रियता भन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन भन्ने विज्ञप्तिको निष्कर्ष रहेको छ ।
आफ्नै उम्मेदवारप्रति छलकपट
previous post