दमौली/नेपाल प्रेस युनियन तनहुँ शाखाको आठौं अधिवेशनबाट सेख हनिफ(गोरा) मिया अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले अगामि तीन बर्षका लागि १५ सदस्यीय कार्यसमिति सर्वसम्मत छनौट गरेको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले उद्घाटन गर्नुभएको सो अधिवेशनमा अध्यक्षका आकाँक्षी चार जना देखिएका थिए । आकाक्षीहरुमा शंकरराज नहर्कि, प्रताप राना, डि.पी. अधिकारी
रहेको थियो । यि तीन जनाले अन्तिममा सेख हनिफ मियाँको उम्मेदवारीलाइ समर्थन गरेपछि अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सहज भएको थियो । खुल्ला उपाध्यक्षमा प्रकाश अधिकारीको मात्र दरखास्त परेको थियो भने समावेशी उपाध्यक्षमा दावी गरेकी शिला वाग्लेले त्याग गरेपछि पूर्ण वि.क.को दरखास्त सर्वसम्मत छनौटमा परेको थियो । त्यसैगरी सचिवमा उपेन्द्र खनाल र विकास खनालको उम्मेदवारी परेको भएतापनि विकास खनालले त्याग गरेपछि सर्वसम्मत भएको थियो । अन्य पदमा भने चाहिएको संख्यामा मात्र उम्मेदवारी परी सर्वसम्मत नेतृत्व छनौट गरेको थियो ।
युनियनको कोषाध्यक्षमा एलोज श्रेष्ठ, सहसचिवमा शिला वाग्ले सर्वसम्मत चयन भएको छ । त्यसैगरी नौ सदस्य मध्ये खुल्ला तीन सदस्यमा श्रीकृष्ण आचार्य, दानबहादुर श्रेष्ठ, सञ्जय श्रेष्ठको चयन भएको छ । दुई महिला सदस्यमा मुना कालिराज वि.क., सुनिता थापाको चयन भएको छ । समावेशी/जनजाती/
आदिवासी मध्येबाट एक जना महिला सहित दुई जनामध्ये वीनिता थापा र शुशिला थापाको सर्वसम्मत चयन भएको छ । मधेशी एक सदस्य नपाईदा विधान बमोजिम खुल्लाबाट मिलन तामाङको एक मात्र दरखास्त परेपछि सर्वसम्मत हुन सहज भएको थियो । अपाङ्गता÷ अल्पसंख्याक÷पिछडिएको समूहबाट कसैको दरखास्त नपरेको निर्वाचन समितिले जनाएको छ ।
आठौं अधिवेशनबाट मियाँ
previous post