Tanahun Awaj
समाचार

आँबुखैरेनी अस्पतालमा उपकरण, डायलसिस र सुत्केरी सेवा

आँबुखैरेनी/आँबु अस्पतालमा अब सल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका सञ्चालन हुने भएको छ । यो अस्पतालमा डायलासिस समेतको सेवा प्रदान गरिने भएको पालिकाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक उपकरण सहितको अनुमति प्रदान गर्ने भएपछि सेवा विस्तारको अवसर जुटेको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमान सहितका जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवा वृद्धिमा सघाउने प्रतिबद्धता जनाएका थिए ।
मन्त्री पौडेलले मन्त्रालय अन्तरगत कल्याण महाशाखामार्फत अस्पताललाई स्वीकृति दिन प्रतिबद्धता पछि अनुगमन भई स्वीकृति प्राप्त भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ । उपकरण सहितको अनुमति प्रदान गरेकोप्रति पालिका परिवारले मन्त्री प्रदिप पौडेलप्रति पालिका परिवार आभार व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस पहलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पोडेललाई धन्यवाद ज्ञापन गरेका छन् । यो सेवा थपिए पछि सुत्केरीको शल्यक्रिया सेवाका लािग बजारबाहिर जानु पर्ने अवस्था हट्ने उनले बताए । मन्त्री पौडेलले अस्पतालमा डायलसिस सेवाका लागि समेत अनुमति दिलाएका थिए । अस्पतालका लागि आवश्यक केही उपकरणसमेत मन्त्रालयले उपलब्ध गराइसकेको छ ।

Related posts

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न छलफलमा प्रधानाध्यापकहरुः

admin

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले
कार्तिक १४ मा संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ

admin

विद्यालय सरसफाइमा अभिभावक चासो

admin