दमौली/सहकारीको यात्रामा पछिल्लो सहकारी भैकन अग्रस्थानमा रहेको उद्यमसिल बचत तथा ऋण सहकारी संस्था आफ्नो दोस्रो अधिवेशनको तयारीमा जुटेको छ ।
आधुनिक प्रविधिलाई पछ्याउँदै उद्यमशिल सहकारीले सहकर्मि सहकारीलाई पछि पार्दै समयमै अधिवेशन गर्ने तयारीमा जुटेको छ । यसै बीच सहकारीले मंसिर ४ गते चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको तयारी स्वरुप ३५आं बैठक सम्पन्न गरेको अध्यक्ष विकल्प श्रेष्ठले बताउनु भयो । बैठकले मंसिर २३ गते अधिवेशन निर्णय गर्दै तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ ।
डकुमेन्ट्री निर्माणमा सचिव पूर्ण वि.के., खाजा खाना व्यवस्थापनका लािग रवि भुजेल, अतिथि सत्कारका लागि राधिका खनाल, मायाँको चिनो व्यवस्थापनका लागि संगम घर्ति, साँस्कृतिक कार्यक्रम व्यवस्थापनका लागि अमर थापा र निर्वाचन व्यवस्थानका लागि अधिवक्ता ऋषिराम पोख्रेलको संयोजकत्वमा उपसमितिहरु गठन गर्ने निर्णय भएको सहकारीले बताएको छ ।
अधिवेशनलाई नमूना र सन्देशमूलक बनाउन तयारी बैठकले महत्वपूर्ण निर्णय गरेको कुरा सचिव पूर्ण वि.के.ले बताउनु भयो । सहकारीले आफ्नो चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन फोन पे बाट गर्ने तयारी गरिरहेको छ । अधिवेशनका गतिविधिहरुलाई स्क्रिनमा हेर्न मिल्ने गरी तयारी भैरहेको छ । अधिवेशनलाई नमूना बनाउन पिन निर्माण देखि पोशाक निर्माणसम्मको चर्चा चलेको बताइएको छ ।
अधिवेशन उन्मुख उद्यमसिल
previous post