25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

व्यासले कर्मचारी नहटाउने

दमौली/व्यास नगरपालिकाले आफ्ना कार्यरत करार र अस्थायी कर्मचारी नहटाउने भएको छ । आइतबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाको सुशासन समितिले नगरपालिकाको आर्थिक अवस्था कमजोर बन्दै गएकाले कर्मचारी सङ्ख्या घटाउने, भ्रमण र वितरणमुखी कार्यक्रम रोक्ने तथा अतिरिक्त सुविधा सीमित गर्ने सुझावसहितको प्रतिवेदन पेश गरेको थियो ।

समितिको प्रतिवेदन माथि छलफल पछि कार्यपालिका बैठकले ‘हालका जनप्रतिनिधि आउनुअघि नै नियुक्त भएका लामो समयसम्म कार्यरत कर्मचारीहरु कार्यरत रहेको अवस्थामा विद्यमान सरकारको निर्देशनलाई मध्यनजर दिई अब आइन्दा दरबन्दी सृजना नगर्ने, रिक्त स्वीकृत दरबन्दीमा प्रदेश लोकसेवा आयोग सँग माग गर्ने’ निर्णय गरेको छ भने अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक कानून बमोजिम संगठन संरचना सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८२ मंसिर भित्र पेश गर्न कार्यालयलाई निर्देशन दिने र आगामी नगरसभाबाट आवश्यक निर्णय लिने निर्णय गरेको छ ।
योसँगै अस्थायी तथा करारमा नगरपालिकामा कार्यरत एक सय १४ जनाको जागिर नगुम्ने भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकले विभिन्न १२ निर्णय गरेको थियो ।

Related posts

तनहुँमा बढ्दै डेँगु संक्रमण

admin

तनहुँ समाज हङकङद्वारा विद्यार्थीलाई सहयोग

admin

जन्मदिनमा वृद्ध–वृद्धालाई सहयोग

admin