नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले तनहुँको रिसिङ्ग गाउँपालिका–७, अर्खलछापमा बिहीबार र शुक्रबार दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
साबिक कोटदरवार, रानिपोखरी गा.बि.स. र हाल ऋषिङ्ग गा.पाका बासिन्दालाई लक्षित गरि बि. पि. नेत्र प्रतिष्ठान भक्तपुरको प्राबिधिक सहयोगमा शिबिर आयोजना गरिएको हो । ने.रे.सो. केन्द्रिय कार्यालयको समन्वयमा संचालित “नेपालका भुकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको लागी सशक्तिकरण र समाबेशीकरण” कार्यक्रमको सभापति कृष्णहरी वाग्लेले शिबिरको शुभारम्भ गरेका थिए । सोही अबसरमा वाग्लेले अपाङ्गता समाबेशी कार्यक्रमको बारेमा जानकारी दिदैँ स्वास्थ्य शिबिरबाट अपाङ्गता भएका ब्यक्ति तथा आवश्यक भएका सबैले सेवा लिन अनुरोध गरेका थिए । साथै ऋषिङ्ग गा.पामा निकट भबिश्यमा नै अपाङ्गता भएका ब्यक्तिहरुमध्ये १३८ जनालाई जिबिकोपार्जनका लागी प्रतिव्यक्ति जनही दश हजारका दरले वितरण गरिने बताएका थिए ।
कार्यक्रममा ऋषिङ्ग गाउंपालिका उपप्रमुख गिनुमाया थापा, शाखा मन्त्रि चिनु पोख्रेल, ऋषिङ्ग गा.पाका ७ का वडाध्यक्ष जंगबिर आले, अपाङ्गता समाबेशी कार्यक्रमका फोकल पर्सन करुणा निधि भट्टराईले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । शिबिरले १२ जनाको मोतिबिन्दु, ४ जनाको कानको सल्यक्रिया र ४३४ जनाको स्वास्थ्य परिक्षण गर्नुको साथै ५० जनालाई चस्मा र ५ जनालाई हियरिङ्ग एड वितरण गरिएको थियो ।