मुलुकमा धार्मिक र जातीय द्वन्द नित्याएर नेपाललाई कमजोर बनाउने चौतर्फि षडयन्त्र भएको काँग्रेस नेता डा. शेखर कोईरालाको धारणा रहेको छ । देश, जनता र लोकतन्त्र बचाउन नेपाली काँग्रेस गुटभन्दा माथि उठेर आपसी समझदारी र आत्मीयताका साथ संगठित हुनुपर्नेमा कोइरालाको जोड थियो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १, तनहुँले शुक्रबार दमौलीमा गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेसलाई कसरी एक ढिक्का बनाउन सकिन्छ भनेर सोच्न र गुटको राजनीतिबाट माथि उठ्न आमकार्यकर्तालाई आव्हान गर्नुभयो । रामचन्द्र पौडेल राष्ट्रपति र गोविन्दराज जोशी पार्टी बाहिर भएपछि तनहुँमा कुनै गुट नभएको कोईरालाको धारणा थियो । तनहुँ १ को उपनिर्वाचनमा कांग्रेसले सत
प्रतिशत मतदान गरेको भएर पराजित हुनु पर्ने अवस्था नआउने बताएका कोईरालाले काँग्रेस कार्यकर्ताले गुटको राजनीति भन्दा माथि उठेर पार्टी र देशलाई सिरोधार्य गरेर काँग्रेसलाई अगाडि बढाउनु पर्ने निर्देशन दिए । कार्यकर्ताले नेपाली काँग्रेस नेतृत्वलाई भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए पछि कोईरालाले निदोर्ष समातिनु हुँदैन र दोषी उम्कुनु हुँदैन भन्ने कुटनितिक धारणा राखेका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवा र आफू शेखर कोईराला बीच कुनै समस्या नरहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शब्कर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्ले, कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, कांग्रेसका नेता पूर्व मन्त्री यज्ञबहादुर थापा, महासमिति सदस्य चिनु पोख्रेल, क्षेत्र नम्बर १ का सभापति श्याम मौरती लगायतका नेताहरुले कांग्रेसलाई भोट नहाल्नेसँग पनि अन्तर संवाद गरेर, कमिजोरीलाई सच्याएर अघि बढ्नु
पर्नेमा जोड दिनु भएको थियो । अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा बोल्न चाहने कार्यकर्ताले आफ्नो धारणा राख्ने मौका पाएका थिए ।सम्मेलनमा क्षेत्रीय समितिले तीन पृष्ठको प्रतिवेदन पेश गरेको थियो । पृष्ठभूमि, १४ अधिवेशन पछिका विभिन्न समिति र ११ वटा शाखा समिति विवरण उल्लेख थियो । हालसम्म क्षेत्रीय समितिले गरेका कामलाइ १९ बुँदामा संक्षेपिकरण गरिएको थियो। स्थानिय तहको निर्वाचनको संक्षिप्त चर्चा गर्दै संघ र प्रदेश निर्बाचन समिक्षा र उपनिर्वाचनको परिणामको दुखद आत्मसमिक्छा गरेको थियो । तनहुँ काग्रेसलाइ अबको मार्गदर्शन गर्दै आयव्यय बिबरण समेत सायद पहिलो पटक सार्बजनिक गरेको थियो ।
नेपाललाई कमजोर बनाउन चौतर्फि आक्रमण भएको छ – शेखर कोईराला
previous post