तनहु/दुई युवाले डा. गोविन्द के.शी. ले १९औं अनसनमा राखेका ६ वटा मागको समर्थनमा सुक्रवारबाट शुरू गरेको १९ घण्टे अनसनलाई शनिवार विहानको निर्णयबाट ४३ घण्टा कायम गरेका छन् । शनिवार विहान सकिने यो अनसन २४ घण्टा थपेपछि आईतवार विहान ६ बजे स्थगन गरिने अनसनकारी घिमिरेले बताए ।
अनसनमा तनहु व्यास-१० वैरेनीका सागर घिमिरे र व्यास-१० कुमालटारीका विनोद सापकोटा रहेका छन् ।यी युवाले पानी समेत नपिएर कठोर सत्याग्रह बसेका छन् ।
पानी समेत नपिएर गरिने अनसन कठिन भएतापनि आमनागरिकको हितमा रहेका मागप्रति देशव्यापि समर्थन जुटाएर माग पुरा गराउने अभियान हुँदा सहज अनुभूति भएको छ’ अनसनकारी सागर घिमिरेले बताए ।
त्यसैगरी अर्का अनसनकारी विनोद सापकोटा भन्छन्- ‘ गर्मि भएको छ कमजोरी बनाएको छ, तर पनि आतिएका छैनौ, यो अनसनको मुल्यांकन र सुनवाई छिटो हुने आत्मविश्वास जागेको छ ।’
डा. गोविन्द के. शी. अनसन बसेको १२औं दिनबाट दमौलीका युवाले दमौलीमै अनसन शुरू गरेका हुन् ।