विशेषसम्वाददाता
नेपाली राजनीतिमा यतिबेला मन्त्रिमण्डलको हेरफेरको सवाल पेचिलो बनेको चर्चा शिखरमा रहेको छ । विशेषतः सत्तासाझेदार नेकपा एसले आईतवार केन्द्रिय समितिको बैठकको निर्णय भन्दै चार जना मन्त्रीलाई फिर्ता बोलाउने र चार जना मन्त्रीलाई सरकारमा पठाउने निर्णय गरेर प्रधानमन्त्रीलाई मन्त्रिमण्डलको हेरफेर गर्न आग्रह गरेर पनि नभए पछि यो सवाल पेचिलो बनेको छ ।
नेकपा एस भित्र पनि माधव नेपाल समूह र झलनाथ समूह हुँदा अहिलेको मन्त्रिमण्डलको हेरफेर नहुँदा झलनाथ खनालका लागि प्रतिष्ठाको विषय बनेको चर्चा
छ । खनालका प्रतिक्रियाबाट पनि उनलाई असैह्य पीडा भएको सन्देश गएको छ ।
नेकपा एमालेबाट ठूलो रकम चुक्ता गरेर टिकट हातपारेका कृष्णकुमार श्रेष्ठ, प्रेम आलेको हातमा देउवा सरकारको रिमोट रहेको सन्देश गएको छ । कृष्णकुमार श्रेष्ठ र प्रेम आलेको नेतृत्वमा गोलबन्द साँसदहरुकै कारण ओली सरकार पनि ढलेको थियो । ओली सरकारले कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्रीमण्डलमा सहभागि गराउन सकेको भए सायद ओली सरकार नै ढल्दैनथ्यो कि भन्ने संसयमा अहिले ओली समूह कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाइ नेकपा एसबाट फुटाएर एमालेमै फर्काउन भएभरको शक्ति लगाएको थाहा पाएपछि देउवा सरकारले मन्त्रिमण्डल हेरफेरको निर्णय लिन नसकेको नेपाली राजनीतिमा चर्चा छ ।
नेकपा एसले केन्द्रिय समितिको आईतवार बसेको बैठकको निर्णयबाट नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई हटाएर जीवनराम श्रेष्ठलाई, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई हटाएर मेटमणी चौधरीलाई, स्वास्थ्य मन्त्री विरोध खतिबडालाई हटाएर भवानी खापुङलाइ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई हटाएर शेरबहादुरलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरवहादुर देउवालाई सिफारिस गरेको थियो । बुधबार साँझसम्म पनि त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन । बरु कार्यान्वयन नहुने संकेत स्वयम नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले दिए । प्रधानमन्त्रीले केही दिन समय मागेका कारण तत्कालै मन्त्रीमण्डल हेरफेरमा ढिलाई भएको नेकपा एसका अध्यक्ष नेपालले विभिन्न सञ्चार माध्यमलाई जानकारी दिएका
थिए । उता हटाईन लागेका मन्त्री कृष्णकुमार श्रेष्ठ र प्रेम आलेले संसदमा बजेट माथिको छलफल चलिरहेको समयमा मन्त्रीले जावफ दिनु पर्ने समय बाँकी छँदै आफूहरुलाई मन्त्रीबाट हटाए नेकपा एस पनि फुटाई दिने, देउवा सरकार पनि गिराइदिने वा ढलाई दिने चुनौति दिएपछि नेकपा एस र देउवा सरकार एक कदम पछि हटेर बसेको छ । छ महिना लागि भएको सहमति आठ महिनामा पनि कार्यान्वयन गर्न माधव कुमार नेपाल इमानदारी पूर्वक नलागेको बुझ पाएपछि नेकपा एसभित्र माधव कुमार नेपाल र झलनाथ खनाल बीच पनि आपसी विश्वासमा चिसो पसेको छ । व्यापारी मन्त्रीको राजनीतिक व्यापारमा विकेको नेपाली राजनीतिक बजार नै यतिबेला छक्क परेको छ ।