दमौली/व्यास नगरपालिका वडा नं. ५ मा बुधबार जलचर तथा जलिय जैविक विविधता सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
व्यास नगरपालिका वडा नं ५ को वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रमा युमएसआईडी वायोडाईभर्सिटीको प्राविधिक निर्देशक नारायण वेलवासेले कार्यक्रमको वारेमा धारणा राखेका थिए । युएसआईडी वायोडाईभर्सिटीको सहयोगमा सञ्चालित जलचर तथा जलिय जैविक विविधता सम्वन्धी अन्तरक्रिया कायत्र्रmम व्यास नगरपालिका वडा नं ५ को वडा कार्यलयमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा जलिय जैविक संरक्षण गर्ने कलाकौशल तथा सीपको बारेमा छलफल, टिप्पणी भएको थियो । वातावरणीय प्रभावका कारण जलिय जरचर ह्रास हुदै आएको चर्चा गरिएको थियो । यसलाई आम समुदाय मिलेर यसको संरक्षण तथा प्रर्वद्धन गर्नुपर्नेमा सहभागीहरुले धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी वेलवासेले जलिय जलचर संरक्षण गर्न टोल र समुदायमा जानुको विकल्प नभएको वताए ।
कार्यक्रमका अध्यक्ष वडा नं ५ को वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले स्थानिय तहले जल, जंगल तथा जलिय प्राणीको संरक्षणका लागि वडाले भुमिका खेलिरहेको वताए ।
सो कार्यक्रमको सहजीकरण संस्थाको सिनियर जेसी सुनिल चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन वडा सचिव बिश्वनाथ पौडेलले गरेका थिए ।