दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले ऋषिङ्ग गाउँपालिकामा स्थापित क्वारेन्टाईनलाई १५ थान कम्मल र पाँच थान बाल्टी सहित दश थान झुल सहयोग प्रदान गरेको छ । सोसाईटीका सभापति कृष्णहरि वाग्लेले दिनु भएको जानकारी अनुसार गोदाममा मौज्दात सामाग्रीको क्षमता समेतलाई विचार गरी प्रत्येक पालिकालाई आवश्यकताका आधारमा १५ थान कम्मल र पाँच थान बाल्टी प्रदान गर्ने नीतिगत आधारमा सो सामाग्री प्रदान गरिएको थियो ।
ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नेपाल रेडक्रस सोसाईटी चवादी उपशाखा सभापति रामनाथ काफ्लेको सिफारिसमा सो सामाग्री उपलब्ध गराइएको थियो । ऋषिङ्ग गाउँपालिकाले बाहिरबाट आएका स्थानीय वासिन्दालाई संक्रमित परिक्षणका लागि शुक्ला माध्यमिक विद्यालयमा क्वारेन्टाईन स्थापना गर्नका लागि सो सहयोग गरिएको
थियो । वडाध्यक्ष श्रीबहादुर आलेले शाखालाई गराएको जानकारी अनुसार हाल उक्त क्वारेन्टाईनमा २२ जनाको व्यवस्थापन गर्नु पर्ने अवस्था आएको सिफारिसका आधारमा सो सहयोग गरिएको हो ।
क्वारेन्टाईनलाई नेरेसोको अखाद्य सहयोग
previous post