विष्णुकान्त घिमिरे
काठमाडौँ । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ बिजेता बनेको छ चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटल । ती दुइ होटलमा काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल/रिसोर्ट र चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदी किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्ट रहेका छन् । साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइएको छ । यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।
दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।
सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरु सञ्चालनमा छन् । जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई होटल सिद्धार्थ वैभवअन्तर्गतको ब्राण्डमा पर्दछन् ।