दमौली/साउन एक गतेबाट फेरी लकडाउन लगाउने हल्ला चलिरहेको बेला साउन १ गतेबाट तनहुँका होटल रेष्टुरेन्ट खुल्ने सूचना सरकारी निकायबाट प्रवाहित भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमबारको बैठकले बिहान ९ देखि दिउँसो ३ बजेसम्म
रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो । तनहुँको खुकुलो निषेधाज्ञा भने अब साउन १० गतेसम्मका लागि लम्ब्याउन बैठकले प्रशासनलाई सिफारिस गरे अनुसार प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको समाचारमा जनाइएको छ । यो समाचारले साउन १ गतेबाट फेरी बन्दाबन्दी शुरु हुन्छ भन्ने हल्लालाई मिथ्या सावित गरिदिएको छ ।
साउन दशसम्म रेष्टुरेन्ट खुल्ने
previous post