दमौली/देशलाई मायाँ मान्नेहरु विश्वासघातमा परेपछि सतीले सरापेको देशमा यस्तै हुन्छ भन्दै दमौलीका चिया पसलहरुमा चर्चा चल्न थालेको छ । आइतबार पूर्व मन्त्री गोविन्दराज जोशीलाई सर्वोच्चले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएपछि यस्तो चर्चा चल्न थालेको हो ।
नेपालको राजनीतिमा देशको स्वाभिमान र स्वायत्ततता बचाएर राख्ने सवालमा कसैसंग सम्झौता नगर्ने विश्वेश्वरप्रसाद कोईराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भएर पनि १७ महिना भन्दा बढी सरकारमा बस्न नदिइनु, मदन भण्डारीको हत्या गरिनु, २०४७ सालको संविधान जारी गर्ने कुटनीतिक कौशल देखाएकै कारण कृष्णप्रसाद भट्टराईलाई चुनावमा हराइनु, गणेशमान जस्ता नेपाली काँग्रेसको जिउदो इतिहासलाई नेपाली काँग्रेस पार्टी नै छोड्ने अवस्थामा पुर्याउनुको पछाडि आजको कमजोर नेपाल बनाउने योजनाबद्ध चरण रहेको अब नेपाली जनताले बुझ्न थाले । ठिक त्गयसै गरी माओवादी विद्रोहलाई २०४७ सालको संविधान मानेर शान्ति प्रक्रियामा ल्याएकै कारण वार्ताकार गोविन्द राज जोशी र शेखर कोईराला मध्येका जोशीलाई विना काण्ड भ्रष्टाचारको मुद्धामा फसाइएको दमौलीमा चर्चा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्षम भएर अभियोग लगाएको भए चर्चित काण्डहरु भुटानी शरणार्थी, गिरीबन्धु, बाँसवारी, बालमन्दिर जग्गा, नेपाल स्काउटको जग्गा, टेरामक्स काण्ड, ललिता निवास काण्ड, सहकारी प्रकरण, वाइडवडी काण्ड, कम्वोडिया काण्ड, लडाकु शिविर घोटला, सिसिटिभि काण्ड लगायतका अभियुक्तहरु पनि त न्यायको कठघरामा उभ्यइन्थ्यो । सत्ताको रसस्वादन गरिबस्न पाउने थिएनन् । सत्तामा रहेका बेला व्यक्तिगत स्वार्थपूर्तिमा लागेर राष्ट्रघात गर्ने विदेशी एजेन्ट बन्न सक्दा गृहको सूचना पास गर्न् नसक्दा गोविन्दराज जोशी सहितका खुमबहादुर खड्का, चिरिञ्जीवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ता लगायतका व्यक्तिहरु भ्रष्टाचारमा फसाईनु काँग्रेस कमजोर बनाउने रणनीति भन्ने आम काँग्रेसजनको बुझाइ रहेको छ ।