जीताकोट/नेपालमा यतिबेला गास वास र कपासको सुनिश्चित गर्ने कबूल गरेको बामपन्थी सरकार छ । संविधानमा खाद्य अधिकारको हक छ । प्रत्येक नागरिकलाई खाद्य बस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ । कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन । शासन गर्नेहरुले बनाएको संंविधान कबूल गर्दछ ।
घिरिङ्ग गाउँपालिका वडा नंं. ४ जीताकोटका करिब ७३ बषका यी जग बहादुर नेपाली जातले नेपाली दलित हुन् । अझ स्पष्ट गराउँदा सार्की हुन् । सुद्ध नेपाली हुनाले उनले अहिलेसम्म नेपाली नागरिकता पाएका छैनन् । घरको नाउँमा प्रतिओइलानी जग्गामा बनेको तस्विरमा देखिएको छाप्रो छ । खाना केही छैन । कसैले दिए खान्छन् । नदिए भोकै बस्छन् । हातखुट्टा चल्दासम्म त हलो जोतेर, अर्काको घरमा काम गरेर एक्लो पट पाले । अविवाहित जगबहादुर २÷३ बर्षदेखि दाउरा लगेर खाने चामल तरकारी मागेर खान्छे, पुस लागेपछि त त्यो छाप्रोबाट बाहिर निस्कन पनि सक्दैनन् । स्थानीले केही लगि दिए त्यही खान्छन् । बसोवास हेर्दा मान्छे बस्ने जस्तो छैन, साह्रै दुःख पाए भन्नुहुन्छ स्थानीय शिक्षिका तुलसीमायाँ
अधिकारी ।
स्थानीय बीरबहादुर घले भन्नुहुन्छ ’साह्रै दुःख पाउनु भयो जगबहादुरले । नागरिकता नभएरै होला गाउँपालिकाले पनि केही सहयोग गरेको छैन । गाउँलेले दिएर बाँचेका त छन् तर मान्छेको जस्तो बचाइ छैन । कोही सहयोगी हातहरु भए जुटाउन सकेहुन्थ्यो ।’ यतिबेला जगबहादुरको जीवन मनकारीहरुले दिएको अन्नपानीबाट धिकिरधिकिर बाँचिरहेको छ स्थानीय चिन्ता व्यक्त गरिरहेका छन् ।