दमौली/तनहुँको क्यामिनमा जन्मेर हाल बेल्जियम निवासी ब्रम्हदत्त वाग्ले द्वारा रचना गरिएको लघु कविता संग्रह शनिवार लोकार्पण गरिएको छ । विदेशमा रहेर देश, परिवेश, नियति र वीवशताका भोगाइलाई नेपाली भाषाको शब्दचित्रमा उतार्न सफल वाग्लेको विभिन्न राजनीतिक, साहित्यिक, आध्यात्मिक व्यक्तिहरूले मुक्तकण्ठले प्रसंसा गरेका थिए ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले लोकार्पण गर्नुभएको सो कार्यक्रम नेपाली लेखक संघ तनहुँले आयोजना गरेको थियो ।
कृतिको समिक्षकत्रय नारायणी अधिकारी सीता भट्टराइ र रुपा घिमिरेले आफ्नो समिक्षा लिखित र मौखिक रूपमा गरेका थिए । कार्यक्रममा प्रदिप घिमिरे, ब्रम्हदत्त वाग्ले, शिक्षाप्रेमी/साहित्य अनुरागी व्यक्तित्व केशब घिमिरे, पुष्प कला भट्टराइ, कमलामोहन वाग्ले लगायतले रचनाकार वाग्लेले नेपाली भाषा साहित्यको विकास र समाजको यथार्थतालाइ व्यङ्यात्मक टिप्पणि गर्न सफल भएकोमा प्रसंसा गर्नु भएको थियो ।
कार्यक्रममा संगम सापकोटाले गजल र भवानी खनाल लोकार्पण गरिएको कृतिको ’पहिलो घर’ शिर्षक वाचन गर्नुभएको थियो । त्यसैगरि विष्णु भण्डारी पनि रचना बाचन गर्नु भएको थियो ।
बनेपाली लेखक संघ तनहुँको अध्यक्ष शंकर राज नहर्कीको सभापतित्वमा सञ्चालित कार्यक्रमका अतिथिहरूलाइ केन्द्रिय सदस्य गौकुमारी न्यौपानेले स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव न्यौपानेले गर्नुभएको थियो ।