दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको १३औं अधिवेशन तथा ४०औं साधारण सभा पुसको ९ र १० गते दमौलीमा हुँदैछ ।
दुई बर्षे कार्यकालको नयाँ समिति गठन गर्ने यो अधिवेशनबाट तनहुँ शाखाको नेतृत्व लिन आकाँक्षीहरु रहेता पनि अहिलेसम्म कसैले मुख खोलेका छैनन् ।
मुख नखोलेपनि वर्तमान सभापति कृष्णहरि वाग्ले सर्वसम्मत भएमात्र दो¥याउने मनस्थितिमा रहेको र उपसभापति मध्येका नुरचन्द्र वाग्लेले नेतृत्वका लागि तत्परता नदेखाएको अवस्थामा अर्का उपसभापति ऋषिराम पोख्रेलले भावि नेतृत्वको लागि अग्रजहरुबाट शुभकामना लिएर अगाडि बढी सकेको बुझिएको छ । मन्त्री चिनु पोखरेल, सदस्य सूर्यचन्द्र हड्खले पर्ख र हेरको अवस्थामा रहेको बुझिएको छ ।
रेडक्रसको १३औं अधिवेशन
previous post