दमौली/भानु नगरपालिकामा निरन्तर बाघको आक्रमण भएको छ । देशमा तीन तहका सरकार छन् । तर जनतालाई सुरक्षाको अनुभूति भएको छ । बाघ नियन्त्रणका लागि राज्यकोषबाट खर्च भएको रकमको लेखाजोखा छैन । तर बाघ नियन्त्रण हुन सकेको छैन । नावालकहरुलाई अकालमा मर्नु पर्ने अवस्थाको अन्त्य भएको प्रत्याभूति कुनै पनि सरकारले दिलाउन सकेको छैन । विहान बाघ खोरमा प¥यो भनेर समाचार आउँदै गर्दा बेलुका अर्को बालक हराएको, खोज्दा देब्रे खुट्टा खाईसकेको अवस्थामा भेटिनुले बाघ अझै मानवको रगत मासु खान नछोडेको अवस्था विद्यमान छ ।
पछिल्लो पटक होमराज लोहनी शारदा शिक्षा सदन कक्षा २ मा अध्ययनरत भानु २ फुस्रेटारका सात वर्षका रितिक रोकालाई शारदा कलेज नजिकैको जंगलमा मृत अवस्थामा भेटिएपछि चतुवाको आक्रमणबाट १८ महिनामा ऋतिक सँगै ६ जना बालकको ज्यान गइसकेको छ । राज्यको दायित्व बच्चा गुमउनेलाई ५० हजार हस्तान्तरणमा मात्रै सीमित बन्न पुगेको छ । नगरपालिकाको दायित्व पनि बाघ मारेर ल्याउनेलाई एक लाख दिने घोषणा गर्नमै सीमित देखियो । यो कार्यशैलीले नावालकका अभिभावकले सुरक्षाको अनुभूति अझै गर्न नसकेको स्थानीय बताउँछन् ।