दमौली/नहुँको भगवति रंगपथ मोटरमार्ग उपसमितिको अध्यक्षमा अर्जुनकुमार शाही चयन भएका छन् । शुक्रबार सम्पन्न गरिएको उपभोक्ताहरुको भेलामा उपसमितिको अध्यक्षमा शाही चयन भएका हुन् ।
कार्यक्रमको शभारम्भ प्रमुख अतिथि भानु–५ का वडा सरोकार समिति डेलिगेसन समिति संयोजक यामसिंह ठकुरीले गरेका थिए । सो भेलाले उपसमितिको उपाध्यक्षमा देवकी खत्री, सचिवमा मोहन खाती, कोषाध्यक्षमा माया खत्री, सह–सचिवमा अम्मरसिंह गुरुङलाई चयन गरेको छ । उपसमितिको सदस्यहरुमा शिवप्रसाद पोख्रेल, पार्वती भट्टराई, हर्कबहादुर साई, सौमाया बि.क., चन्द्रबहादुर भण्डारी, बिन्दु नेपाली, बसन्तबहादुर थापा र मोतिकुमार श्रेष्ठ रहने भएको छ ।
निवर्तमान अध्यक्ष अर्जुनकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि तथा नेकपा तनहुँकी सदस्य गीता शाही, सल्लाहकार सन्तमान अधिकारी, उपभोक्ताहरु रामकृष्ण खत्री, शिवप्रसाद पोख्रेल, नकुल अधिकारी र अमृता श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
भगवति रंगपथ मार्ग पृथ्वी राजमार्गदेखि झन्डै १३.३ सय किमीको दुरीमा रहेका छ । हाल भानु नगरपालिकाको वडा नं–५ र ६ तथा व्यास नगरपालिका वडा नं १२ को बासिन्दाले उक्त मार्गको उपभोग गर्दै आएका छन् ।
1 comment
pad matri wogatnee haina kaam garera dekhaunu paryo sabaile milera!!!!!!!!! janatako mat ko kader tesbatai hunxa sabailai janakari bhaya