
तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं. १ भण्टारमा स्थापित किशोर बुद्ध विहारले तयार पारेको करिब ७१ रोपनी भन्दा बढी क्षेत्रफलमा छ करोड बीस लाख रुपैयाँको लागतमा बनाउन लागेको, २०७६ सालको डीपीआर अनुसार बन्न शुरु गरेको बुद्ध विहारको प्रारम्भिक स्वरुप । बुद्ध विहार तयार हुँदा यो क्षेत्र धार्मिक पर्यटकीय स्थलको रुपमा विश्वसमुदायमा प्रसिद्ध हुने विश्वासमा किसोर बुद्ध विहारका संस्थापक बुद्धिराम थापा समर्पित भएर लागेको बताउँछन् । –फोटो तनहुँ आवाज साप्ताहिक