दमौली/दुई तिहाई बहुमतको सरकारको सत्तासिन दलभित्रै कुटाकुट मारामारमा परिणत भएको छ । पर्सा जिल्लाको घटना हो यो । गत सुक्रबार कार्तिक ७ गते उपचारका क्रममा वीरगञ्ज स्थित एल. एस.न्यूरो अस्पतालमा मृत्यू भएका पूर्व माओवादी कार्यकर्ता मुकेश चौरसिया माथि पूर्व एमाले कार्यकर्ताले लाठीले हाने घाईते गराएको पिडित पक्षको आरोप छ । पिडित पक्षले संविधान सभाका सदस्य एवं नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित १२ जना विरुद्ध किटानी जाहेरी दिए पनि दर्ता नभएपछि पर्सा तनाव ग्रस्त छ ।
नेकपा भित्रको आन्तरिक कलहको सीमा आँकलन गर्न सकिने चौरसिया हत्याकाण्डमा पूर्व माओवादीहरु दोषीलाई कारवाही हुनुपर्ने अडानमा धर्नालाई निरन्तर अगाडि बढाएका छन् । पूर्व एमाले समूहले गुप्ता विरुद्ध जाहेरी दर्ता नगर्न सत्ताको तागत प्रयोग गरेर प्रहरी प्रशासनलाई निकाम्मा तुल्याई रहेको छ ।
पिडित पक्षको साथमा पूर्व माओवादी नेताहरु सडकमै ओर्लिसक्दा समेत पूर्व माओवादी नेतृत्वको गृहमन्त्रालयले जाहेरी दर्ता सकेको छैन ।
नेकपाभित्र कुटाकुट-पूर्व माओवादी कार्यकर्ताको ज्यान गयो
previous post