दमौली/नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले कोभिड–१९ को दोस्रो लहरबाट आम नागरिकलाई बचाउन विभिन्न कार्य गरेको जनाएको छ ।
गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाखा सभापति कृष्णहरि वाग्लेले प्रतिकार्यात्मक विभिन्न १३ वटा कार्यक्रम गरेको जानकारी गराए । सभापति वाग्लेका अनुसार ति कार्यहरुमा एफएम रेडियो तथा स्थानीय पत्रपत्रिकाबाट कोरोना भाइरस र यसबाट बच्ने उपायहरु सम्बन्धी सामग्री प्रशारण तथा प्रकाशन गर्ने तथा समुदाय स्तरमा कोरोना सम्बन्धी सचेतना फैलाउन २८ वटै उपशाखाका स्वयम सेवक परिचालन रहेका छन् ।
नेपाल रेडक्रसका स्वयम सेवक तथा उपशाखाहरु मार्फत २० हजार थान सर्जिकल मास्क, सात सय थान ल्ढछ मास्क, २८ वटा अक्सिमिटर लगाएत स्वास्थ्य सामग्रि वितरण गरिएको उक्त अवसरमा जानकारी गराइएको थियो । यसका साथै नेपाली सेना, नेपाल प्रहरी र विभिन्न अस्पतालका लागि नेरेसो तनहुँले १० हजार थान मास्क, १० थान डेडबडी व्याग, ३० थान पिपिई प्रदान गर्नुका साथै बन्दिपुर र पुरन्डीही अस्पतालका लागि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको सभापति वाग्लेले बताए ।
स्थापना कालदेखि नै विपद् व्यवस्थापन, विपद्मा राहत वितरण, स्वास्थ्य र सरसफाई प्रवद्र्धन लगाएत मानविय सेवाको क्षेत्रमा कार्य गर्दै आएको नेरेसो तनहुँले जिल्लामा सञ्चालित सबै एम्बुलेन्सका लागि एक–एक थान गरी ३० थान रियुजेबल पिपिई वितरण गर्ने योजना बनाएको छ भने तनहुँमा कार्यरत पत्रकारहरुका लागि दुइहजार थान मास्क तथा ७२ वटा स्यानीटाँइजर प्रदान गरेको छ ।
विद्यालय र कलेज सञ्चालनमा आएसंगै जुनियर युवा रेडक्रस मार्फत विद्यालयका विद्यार्थीहरुलाई सर्जिकल मास्क वितरण गर्ने कार्यक्रम समेत रहेको नेरेसो तनहूँ शाखाका सभापति कृष्णहरि वाग्लेले बताउनु भयो ।
समाचार
-
ऋषिङ/श्रृजनशील युवा मंचले तनहुँ ऋषिङका ४० घर परिवारलाई बाढी पहिरो प्रभावित राहत सामग्री वितरण…
-
-
दमौली/ व्यासनगरपालिका–६श्याम्घा मादीबेसी निवासी जयबहादुर परियारका स्रोह बर्षीय छोरा अरुणको रुख कटहर टिप्न जाँदा…
-
दमौली/जापानमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा सत्यवतीका ८ जना छात्राहरुलाई स्टेशनरी सामग्री प्रदान गरिएको सत्यवती माध्यामिक…
-
देउवाले पाए विश्वासको मतअग्नी परीक्षा सुरु, उत्तिर्ण होलान देउवा ?रमेश विकलमंगलबार असार २९ मा…
-
दमौली/प्राईम टिभिसंगको कुराकानीमा नेपाली काँग्रेसका पूर्वसहमहान्त्री गोविन्द राज जोशीले आफूहरुले नेपाली काँग्रेस तनहुँको जिल्ला…
-
-
दमौली/तनहुमा कार्यरत प्रहरी उपरिक्षक सरुवा भै गएपछि रिक्त रहेको पदमा भरखरै बहाली हुनुभएका उपरिक्षक…
-
दमौली/अकला मन्दिर संरक्षण समितिका अध्यक्ष राजेन्द्र भण्डारीले अकला मन्दिरबाट मूर्ति चोरी भएको जनाकारी दिए…
