रमेश विकल
सरकारले आगामी वैशाख ३० गते देशभर एकैपटक सबै ७५३ स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेसंगै राजनैतिक सरगर्मी बढ्न थालेको छ ।
अघिल्लो निर्वाचनमा झण्डै ३५ हजार स्थानीय निकायका पदहरु मध्ये १४ हजारभन्दा बढी पदमा जित हात पारेर पहिलो दल बनेको नेकपा एमालेका लागि यस पटककोे निर्वाचनमा आफ्नो स्थान सुरक्षित गर्ने चुनौति छ भने एमाले फुटेका कारण केही थप पदमा जित हात पार्न सकिन्छ कि भन्ने दाउमा सत्ताधारी दल नेपाली कांग्रेस रहेको छ । अर्काे सत्ताधारी दल माओवादी केन्द्रलाई भने पहिले जितेका पद सुरक्षित गर्न कठिन हुने प्रतित हुँदैछ । यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले मरिमेटेर पनि आफ्नो अस्तित्व स्थापित कठिन छ ।
अघिल्लो निर्वाचनमा कुल ७५३ स्थानीय निकायका लागि तीन चरणमा भएको निर्वाचनमा ठूलो दल बनेको नेकपा एमालेले २९४ स्थानीय निकायको अध्यक्ष तथा मेयर, ३३१ को उपाध्यक्ष तथा उपमेयर र दुइहजार ५६० वडाध्यक्ष सहित १४ हजार ९७ पदमा जित हात पारेको थियो । अहिले दुइ पूर्वप्रधानमन्त्रीले पार्टी विभाजन गरेको र तल्लो तहसम्मका कार्यकर्तामा विभाजनको असर पुगेकाले एमालेलाई अघिल्लो निर्वाचनमा प्राप्त मत सुरक्षित गर्न र आफ्नो पहिलो स्थान कायम राख्न चुनौति छ । यतिमात्र होइन ओली सरकारका पालमा भएका अनेकौं भ्रष्टाचारका काण्ड, बन्दाबन्दीका बेला सर्वसाधारणका सम्बन्धमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबाट गरिएको छुद्र टिप्पणी, जननिर्वाचित निकाय संसदलाई विघटन गर्ने बारम्बारको दुष्प्रयास आदिका कारण पनि एमालेलाई ति स्थान जोगाउने चुनौति रहेको छ ।
२६६ स्थानीय निकायको अध्यक्ष तथा मेयर २२३ को उपाध्यक्ष तथा उपमेयर र दुइहजार २८६ वडाध्यक्ष सहित ११ हजार४५५ पदमा जित हात पारेर दोस्रो ठूलो दल बनेको कांग्रेसमा देखिने गरी विग्रह त छैन तर अन्र्तघातको अनेकौं खेल हुने कांग्रेसलाई पनि ती स्थान सुरक्षित गर्दै ठूलो दलको रुपमा रहेको एमालेमा आएको फुटको फाईदा उठाउँदै थप केही पदमा जित हासिल गर्ने र आफु ठूलो दल चुनौति छ । निर्वाचन नजिकिँदै गर्दा आम जनमत विरुद्ध अमेरिकी सहयोग एमसिसि संसदमा अनुमोदनका लागि पेश गर्ने तथा नेताहरु एमसिसि अनुमोदन गर्न कम्मर कसेर लागि परेको घटनाले कांग्रेसलाई घाटा हुने विश्लेषण गर्न थालिएको छ ।
उता अघिल्लो निर्वाचनमा १०६ स्थानीय निकायको अध्यक्ष तथा मेयर १११ को उपाध्यक्ष तथा उपमेयर र एकहजार १०२ वडाध्यक्ष सहित पाँच हजार४४२ पदमा जित हात पारेको नेकपा माओवादी केन्द्रका लागि पनि ति स्थान सरक्षित गर्ने फलामको च्यूरा चपाउनु सरह हुने देखिएको छ । यसबीच धेरै प्रभावशाली नेताहरुले माओवादी छोडेका र एमसिसिका विषयमा अध्यक्ष प्रचण्डद्वारा प्रदर्शित व्यवहारका कारण माओवादीलाई ति पद सुरक्षित राख्ने कठिन हुने भएको हो ।
समाचार
-
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो कार्यकर्ता भेटघाटलाई सञ्चालन गरेको चौथो चरणको कार्यक्रम अन्तरगत…
-
प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता
by Tanahu Awajby Tanahu Awajदमौली/तनहुँका सञ्चारकर्मिहरुले जिल्ला प्रहरी कार्यालय तनहुँले सूचना प्रवाहमा अनिच्छा देखाएकोप्रति गुनासो गरेका छन् ।…
-
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएर औसत संक्रमण दर…
-
देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको शनिवार सम्पन्न छैटौ अधिवेशनले आगामि दुई बर्षको लागि राधाकुमारी…
-
दमौली/इन्सेकले तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत गरेको छ ।…
-
देउराली/नेपाल रेडक्रस सोसाईटी घाँसीकुवा उपशाखाको शनिवार सम्पन्न छैटौ अधिवेशनले आगामि दुई बर्षको लागि राधाकुमारी…
-
स्थानीय निर्वाचन सम्बन्धी कांग्रेसको अभियान: घर–घर जाऔं, कांग्रेस जिताऔं
by Tanahu Awajby Tanahu Awajदमौल/नेपाली कांग्रेसले आगामी वैशाख ३० हुने स्थानीय निर्वाचनमा जित हात पार्न एक महिने संगठन…
-
दमौली/शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमीबाट खटिएका विज्ञ परिक्षकले दमौली स्थित सत्यवती…
-
दमौल/राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि तनहुँका ४८ विद्यालय छनौटमा परेका छन् । शिक्षा…
