दमौली/ व्यास नगर पालिकाले पालिका भित्रका स्नातक उत्तिर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान प्रदान गर्ने भएको छ ।
नगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकले वडाको सिफारिस तथा निवेदकको प्रस्तावका आधारमा उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदान प्राप्त गर्न स्नातक उत्तिर्ण व्यास नपा भित्रका बेरोजगार महिलाले भाद्र मसान्त भित्र सम्बन्धित वडाको सिफारिस सहित प्रस्ताव पेश गर्नुपर्नेछ ।
मंगलबारको वैठकले व्यास नगरपालिका भित्रका प्रविधिमैत्री विद्यालय निर्माणका लागि प्राप्त ४९ विद्यालयको प्रस्ताव स्विकृत गर्दै प्रत्येक विद्यालयलाई एकलाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी व्यास नगरपालिका भित्र नेपाल सरकारबाट जारी भएको कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने र विद्यालयहरुमा भरसक अनलाइन र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै २०७८ भाद्र १३ गतेदेखि प्रत्यक्ष कक्षा गर्ने गरी विद्यालय सञ्चालन गर्न जिल्ला जोखिम व्यवस्थापन समितिमा सिफारिस गरी पठाउने निर्णय बैठकले गरेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको वैठकले यास नगरपालिका वडा नं.६, १०, ११, १३, १४ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रस्तावित कार्यहरु गर्न पच्चीस लाख रुपैयाँ विनियोजन गर्ने निर्णय समेत गरेको छ ।
समाचार
-
दमौली/यतिबेला महालेखा परिक्षकको लेखा परिक्षण प्रतिवेदन र तनहुँका स्थानीय निकायको बेरुजुबारेको चर्चाले बजार तताएको…
-
दमौली/नेपाली कांग्रेस विपद् व्यवस्थापन विभागका संयोजक एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले तनहुँ र गोर्खाका…
-
दमौली/तनहुँमा बुधबार २९ जनामा कोरोना संक्रमण देखिएको छ भने मृतकको संख्या दुई रहेको स्वास्थ…
-
अध्यादेश पथकै लागि संसद अधिवेशन स्थगन- कानुनविद्को दृष्टिकोणमा विधिको शासनको मर्म
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातानेपाल सरकारले अध्यादेश ल्याउनकै लागि चलिरहेको संसद स्थगन गरेकोछ । २०७८ साउन ३२ गते…
-
स्थानीय तहमा तयार गरिएको न्यायीक इजलास । व्यास नगरपालिकाको न्यायीक समितिको इजलास । तीन…
-
राम्जाकोट/राम्जाकोट पार्टनर शोलुसन इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको तर्फबाट ऋषिङ–५ स्थित महेन्द्रोदय माध्यमिक…
-
हृदयरोग प्रतिष्ठानको साधारण सभा- मुटु परिक्षणदेखि चिकित्सक अभिमुखिकरणसम्म
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँ शाखाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ…
-
पृष्ठभूमिःसुरक्षा प्रशासन नागरिक सुरक्षाका लागि हो । दीन दुःखी, असहाय, निमुखा, विपन्न आफ्नो दुःख…
-
कूलमानको बहालीसंगै विद्युत उपभोक्तामा उत्साहको सञ्चार युवा जनशक्ति भन्छ– राष्ट्रसेवक पुरस्कृत भयो
by Tanahu Awajby Tanahu Awajदमौली/विद्यूत आपूर्तिको अनिश्चिता र लोडसेडिङ्गले हैरान उपभोक्ता र युवा जनशक्ति कुलमान घिसिङ्गले बुधबारबाट नेपाल…