हिजो देशभर ५८ औं राष्ट्रिय बालदिवस मनाइयो । तत्कालिन बडामहारानी रत्नराज्यलक्ष्मी शाहको जन्मदिन भदौ ४ मा मनाउने गरिएको बालदिवस, २०४९ साल भदौ २९ गते तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बालअधिकार सम्बन्धि महासन्धीमा हस्ताक्षर गरेदेखि भदौ २९ मा मनाउन थालिएको हो । यो अवसरमा व्यास नगरपालिकाले दमौलीमा “बालमैत्री नगरपालिका निर्माणमा हाम्रो भूमिका” विषयमा बक्तृत्वकला तथा चित्रकला र निबन्ध प्रतियोगिता आयोजना ग¥यो । यसैगरी बालबालिकासंग सम्बन्धित कार्यालय तथा अन्य पालिकाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरे । तनहुँमा मात्र होइन देशैभर राष्ट्रिय बालदिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
“बालमैत्री समाजको आधारः जिम्मेबार परिवार, उत्तरदायी सरकार”भन्ने नाराका साथ यो वर्षको राष्ट्रिय बालदिबस मनाइएको छ । यसको अर्थ बालमैत्री वातावरण निर्माणमा हामीले राज्यबाट जे अपेक्षा गरेका छौं, त्यसको पूरणमा सहयोगी बालकको परिवार हुन्छ भन्ने हो ।
व्यास नगरपालिकाले २०८७ सालसम्ममा देशभरका सबै स्थानीय निकायलाई बालमैत्री बनाउने राष्ट्रिय उद्देश्यलाई मनन गर्दै सोही विषयमा रहेर बालदिवसका कार्यक्रमहरु तय ग¥यो । नपाद्वारा आयोजित प्रतियोगिताहरुमा सहाभागी विद्यार्थीहरुले बालमैत्री बनाउन विभिन्न सुझाबहरु अवश्य दिए । अब कार्यान्वयनको वातावरण बनाउने पालो नगरपालिकाको रहेको छ ।
हाम्रा भौतिक संरचनादेखि व्यवहार बालमैत्री छैनन् । सार्वजनिक स्थल, सरकारी कार्यालय वा विद्यालयमा हेर्ने हो भने यसका उदाहरण प्रसस्त भेटिने गरेका छन् । हाम्रा विद्यालयहरुमा हेर्ने हो भने खासगरी बालमैत्री भौतिक संरचना कमै भेटिन्छन् । पिउने पानीका धारोदेखि शौचालयको ढोकामा हुने छेस्किनी अनि उनीहरु वस्ने बेञ्चदेखि तला उक्लनुपर्दा चढ्नु पर्ने सिँढी बालमैत्री भेटाउन मुस्किल छ । विद्यालय व्यवस्थापन समितिमा विद्यालयमा भएको बाल क्लबका दुइजना प्रतिनिधि राख्ने व्यवस्था भएको भएपनि त्यो व्यवस्था नाम मात्रको छ । भौतिक संरचना निर्माणदेखि अन्य बालमैत्री वातावरण निर्माणमा उनीहरुको सल्लाह लिने गरेको कमै भेटिन्छ । अन्यत्रको अवस्था पनि त्यस्तै छ । यस्तोमा बालदिवसका नाराहरुको सार्थकता कसरी रहला भन्ने प्रश्न उब्जेको छ । र अब यस्ता यावत प्रश्नको उत्तर काम मार्फत दिने पालो स्थानीय सरकारको ।
Author
Tanahu Awaj
-
दमौली/नेपाली काँग्रेसका संस्थापक जननायक युग पुरुष वी.पी. कोइरालाको १०९औं जयन्ती तनहुँको फरक फरक तीन…
-
[3d-flip-book id=”7977″ ][/3d-flip-book]
-
व्यास नगर पालिका वडा नं १ करङकाठ स्थित वसपार्कमा निर्माण अलपत्र परेको व्यवसायिक सटर…
-
एउटा नेपाली उखानलाई शीर्षक बनाएर आजको आलेख तयार पर्ने जमर्काे गरेको छु । हाम्रा…
-
हल्का लिनुस् न ! अलिअलि लिँदा त केहि फरक पर्दैन । अक्सर सोमरस वा…
-
दमौली/वडा नं १० स्थित मंगलीगैह्रामा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढाउने…
-
यो तस्विर दमौली अस्पताल अगाडी जम्मा भएको फोहोरको हो । भाद्र ९ गते देखि…
-
दमौली/व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पस सन्चालक समितिको मतगणना बुधबार सम्पन्न भएको हो ।७ जना…
-
दमौली/आज विश्वभर तथा नेपालमा शिक्षा तथा साक्षरता दिवस मनाईँदैछ ।सन् १९६५ मा संयुक्त राष्ट्र…
