मंसिर–४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि बुधबार मतदान सम्पन्न
भयो । मतदान पछिको गणनामा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा ६४ मत सहित निर्वाचित भएका छन् । दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले २५ सांसदको समर्थन पाए । पुस्तान्तरणको मुद्दा प्रखर रुपमा उठाएका गगन थापाको पराजयले कांग्रेसमा पुस्तान्तरणको चाह बोकेका समर्थक, शुभ चिन्तकको मन अमिलो भएको छ । उनिहरुलाई थपिंदै गएको पुस्तान्तरणको पिडाले थप आहात बनाएको छ । निराशाका स्वरहरु पनि सुनिन थालेका छन् कि जन चेतना र विचारको जालोले घेरिएको कांग्रेसको नेतृत्व वर्ग पुस्तान्तरणका लागि तयार छैन, त्यसैले अब कांग्रेसमा युवाको भविष्य छैन ।
अन्य दलमा नेतृत्वका लागि कसैले प्रयत्न समेत गर्ने हिम्मत जुटाउन नसकेका बेला कांग्रेसमा युवाले देखाएको अग्रसरता सह्रानीय छ । राजनीतिमा अनन्त सम्भावनाहरु हुन्छन् र त्यहि सकारात्मक सम्भावनाको गोरेटो पछ्याउँदै प्राप्त मतको सम्मान गर्दै आगामी दिनमा कांग्रेस युवा पुस्ताले फेरी पुस्तान्तरणको जवरजस्त प्रयत्न गर्ने कुरामा आशा राखौं । अहिलेको असफलताबाट पाठ सिक्दै र जड विचारका पक्ष पोषकहरुमा गतिशीलता थप्दै आगामी दिनमा सकरात्मक परिणामका लागि निरन्तर लागि पर्ने आत्मबल र विश्वास युवा नेताहरुमा कायम रहोस् ।
Tanahu Awaj
-
दमौली/आज दिउसो १२ बजे संसद सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । सो वैठकको…
-
[3d-flip-book id=”8285″ ][/3d-flip-book]
-
पृष्ठभूमिःदुष्कृतिको कानुनका बारेमा संहिताले पहिलो पटक कानुनमा व्यवस्था गरेको छ । यो कानुनको बारेमा…
-
आजको आलेखको शुरुवात एउटा दक्षिण भारतीय चलचित्रको प्रसङ्गबाट गरौं कि जस्तो लाग्यो । चलचित्रको…
-
नेपाली राजनीतिलाइ २०४६ को राजनीतिक परिवर्तन पछि नेपाली मतदाताहरुले खुल्ला किताब झै पढेका छन्…
-
विशेषसम्वाददाता/राजनीतिक दलहरूको सिद्धान्तच्यूत सत्ताकेन्द्रित राजनीतिले राजनीतिक परिवर्तन भएको ३२ बर्षसम्म पनि राजनीतिक स्थिरताको महसुस…
-
दमौली/व्यास नगरपालिका तनहुँले ३८ औं नगरसभा पुसमा गर्ने भएको छ । नगरसभा पुस २८…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको यही पुस १ र २ गते हुने भएको छ…
-
मुलुकले नयाँ सरकार पाउनै लागेको वेला फेरी पुरानो घाउ (जुन संसदको अकरमण्यता हो) बल्झिएको…
