अचेत मनमा पनि चोट लाग्छ क्यारे जब भर्खर खाएको धोकाको त्यो आलो घाउमा कसैले नुनचुक छर्किदिन्छ।
आजभोलि पिडाको पोखरिमा चुर्लुम डुबेको छु । चैत बैशाखमा पलाउने ती जङ्गलका हरिया पालुवाहरु पनि झरे झै लाग्छ, वैशालु बातस पनि विषालु झै लाग्छ, उज्यालो रोश्निको प्रेममा रुमलिदै गर्दा आज साँझ र अन्धकार मन पर्न थालेको छ । म बदलिए या दुनियाँ बदलियो छुट्याउन सकिन , प्रेमका विरुवाको जरा काटिए या धोकाको जङ्गल मौलायो बुझ्न सकिन, प्रेमको त्यो निलो अनि स्वच्छ गगनलाई धोकाको कालो बादल मडारिदै छेक्यो या धोकाको कालो बादल भित्र त्यो गगन लुक्यो ठम्याउन सकिन । तर यति कुरा प्रस्ट नै थियो जे थियो त्यो सिरिर्फ धोका थियो ।
यी गल्लिहरु जहाँ उसका र मेरा कदम सँगै चालिएको थियो । ति चोक जहाँ मेरो प्रतिक्षामा उसले घण्टौ विताउने गर्थि। आज एक्लै भौतारिदै गर्दा गिज्याउने गर्छन् जहाँ उ र म प्रेमको थैलि विसाएर थकाइ मेट्ने ती चौतारिका वर पिपलहरु।
सोध्ने गर्छन् आजकाल यी मनका भावहरु कहिले आउँछौ तिमी? अनि कहिले फुलाउँछौ फेरि यो मनको मझेरिमा प्रितका ती फुलहरु? तर उ भने कहिले खोज्न नमिल्ने र कहिले सोध्न नमिल्ने गरि गैसके कि थि । सोच्ने गर्छु उसका ती नसालु नयन, गुलाफी ओठ, पङ्तिबद्व मिलेका ती हिमालि दन्तहरु, हावामा फहराउने ती लामा केश, ईन्देणि रङ जस्तै खुलेको त्यो मुहार, कुनै मुर्तिकारले बर्षाैको मिहेनत पछि तयार पारेको सबैलाई मोहित र आकर्षित गराउने मुर्ति जस्तो शारिरिक बनावट ।
सोच्दा सोच्दै टोलाउँछ मन अनि टक्क पुणविराम लगाई दिन्छु मनका ती भावहरुलाई जब सम्झन्छु प्रेमको त्यो चरिलाई परिवारको बहानाको गुलेलिमा धोकाको मटेङ्ग्रा राखेर भुईमा पछारेको कुरा ।
त्यो प्यारो याद, उ सँग हुँदा गरेका ती जिवनका कयौं मिठा ती कल्पनाहरु,वर्षाै लगाएर हुर्किएको त्यो माया, जिवनको पहिलो प्रेम सोच्दा सोच्दै थाकेको मगज अनि अचेत झै ढलेका रहर अनि छरपस्ट सपना संगैको म ।
मनमा कुँजिएका सपनाहरु अनि ढलेका रहरहरुलाई समाल्ने कोसिस गर्दागर्दै सिथिल मेरो शरीर काम नलाग्ने भैसकेको थियो । जिन्दगीको शिखर चुम्ने मेरो आत्मविश्वासको भर्याङ भाचिएको थियो । कल्पनाको शहरमा निस्फिक्रि पखेटा फिजाउँदै उठ्ने रहरका पखेटा काटिएको थियो ।
जे जे थियोे दुई शब्दको अक्षर बाटै भएको थियो “धोका“ । प्रेम गर्नु पुर्व नै धोकाको पाठ पठाउँदा समेत बुझिन या बुझे पनि अबुझ बनी , अबुझ त उ हुँदै होईन अटेरि भने पक्कै थि। सानो तिनो कुरामा अटेरि गर्दा गर्दै मैले पढाएको धोकाको पाठलाई नै अटेरि गर्ने हिम्मत देखाउँछे जस्तो लागेको थिएन ।
धोका शब्द सुन्न पनि मन नपराउने म आफैले धोका पाउँदा कस्तो परिस्थिति बाट गुज्रिएको छु तपाई कल्पना समेत गर्न सक्नु हुन्न । तर संसारमै धोका पाउने पहिलो व्यक्ति भने पक्कै होईन म । संसारका अर्बौं मानिसहरु मध्य कयौं मानिस धोका पछि नै जिवनमा सफल भएका उदाहरण छन् म पनि पक्कै सफल हुनेछु जिन्दगीको शिखर चुम्ने आत्मविश्वासको भर्याङ जोड्ने छु , काटिएका पखेटा पुन पलाउने प्रयास गर्ने छु एक बार को जिवनमा कदापि हार मान्ने छैन तपाईं पनि नमान्नुस् ।
यदि तपाईं पनि कसैलाई माया गर्नु हुन्छ भने गरिरहनुस् जिन्दगी भर गरिरहनुस् । धोका अहँ पटक्कै नदिनुस् । एक्लै मर्दा पनि धोका हुन्छ, सक्नु हुन्छ भने यमदुतलाई भन्नुस् या भगवानलाई जीवन रक्षाका लागि घुस दिनुस् तर सँगै मर्नुस् धोका नदिनुस् । पपपपपपपटक्कै नदिनुस् ।