कुनै पनि देशको विकास संम्बन्धी चर्चा गर्दा विकासका विभिन्न चरण सम्बन्धी अवस्थाको बारेमा विवेचना गर्नु सान्दर्भिक हुन्छ । विकासले अनेकौं चरण पार गरेर आजको विकसित अवस्थामा आइपुगेको हो । विकासका चरणबारेमा विभिन्न अर्थशास्त्रीहरुले विभिन्न समयमा फरक फरक बिचार व्यक्त गरेका छन् । विकासका पाँच अवस्था जंगली अवस्था, घुमन्ते अवस्था, कृषि अवस्था, उद्योग अवस्था तथा उन्नत अवस्था हुन्छ भन्ने मत व्यक्त गरेका छन् । यि अवस्थाको विश्लेषण मार्क्स (Marx) ले गरेका थिए ।
तर अर्का अर्थशास्त्री फ्रेड्रिकले वस्तु बिनिमय अवस्था, मुद्रा अवस्था, साख अवस्था गरि विकासको तिन अवस्था मात्र देखाएका छन् । त्यस्तै अर्का अर्थशास्त्री ब्युकेरले घरेलु अर्थव्यवस्था, शहरी अर्थव्यवस्था, राष्ट्रिय अर्थव्यावस्थागरी तिन भागमा विश्लेषण गरेका छन् । अर्थशस्त्री ग्रासटले- विकासको चार (४) अवस्था हुन्छन- घरेलु अर्थव्यावस्था, शहरी अर्थव्यवस्था, राष्ट्रिय अर्थव्यवस्था र विश्व अर्थव्यवस्था हुन्छन भनि विश्लेषण गरेका छन् ।
त्यस्तै विकास सम्बन्धी- अर्थशास्त्री Colin Clark ले विकासलाई तिन चरणमा उल्लेख गरेका छन् । पहिलो कृषि – उद्योग – प्राथमिक अवस्था, उत्पादनशिल उद्योग- दोश्रो अवस्था वा औद्योगिकिरण – उद्योगबाट प्रचुर मात्रामा वस्तु सेवा उत्पादन गरि वितरण प्रक्रियालाई सहज र सर्वसुलभ बनाउँदै लैजाने र बेरोजगारीको अन्त्य गर्ने । तेस्रो सेवा उद्योग- (Tertiary) भवस्था – सर्वसुलभ रुपमा सबै जनताको चाहना, भावना, आवश्यकता मुताविकका सेवा शर्वसुलभ रुपमा सबै जनतामा पुर्याउने । यसरि अर्थव्यावस्था लाई संन्तुलीत अबस्थामा राख्दै सबै जनताको कल्याण गर्ने ।
विकास सम्बधिको चर्चामा कार्ल मार्क्सले फरक किसिमबाट विश्लेषण गरेका छन् । विकासका चार अबस्था हुन्छन् जसलाई सामन्तवाद, पूँजिवाद, समाजबाद र साम्यवाद भनि उल्लेख गरेका छन् । यि सबै विकास सम्बन्धी विश्लेषण समय परिवर्तन संगै पुरानो भैसकेका छन् । यि भनाइ लाई टेकेर अबको बिकास प्रक्रियामा नयाँ साँच अगाडि जानू पर्ने भैसकेको छ ।
वर्तमान समय वा २१ औं शताब्दीको भागलाई संम्वोधन गर्ने बढी वैज्ञानिक र तर्कपूर्ण विश्लेषण अमेरिकी अर्थभास्त्री W.W. Rostow ले प्रस्तुत गरेका छन् । अर्थव्याबस्थाको विवेचनात्मक विश्लेषणको आधारमा कसरी एकादेश अविकसित अवस्थाबाट बिकसित अर्थव्यवस्थामा रुपान्तरण हुन्छ भन्ने तथ्य देखाएका छन् । यसरी आर्थिक विकासलाई पाँच भागमा विभाजन गरेका छन् । जस्तैः परंम्परागत समाज (The traditional society), उत्कर्षको लागि पूर्वसर्त (The pre-condition for take take off), उत्कर्षको चरण (The take off stage), परिपक्वोन्मुख चरण (The drive to Maturity), अत्यधिक आम उपभोगको युग (The Age of High Mass Consumption) ।
प्रथम अवस्थालाई पूर्व-औद्योगिक चरण भनिन्छ । परंम्परागत समाज हो । उत्पादकत्व निम्न स्तरमा हुन्छ । दोस्रो चरणमा संक्रमणकाल रहन्छ दिगो विकासको लागि पूर्वसर्त तयार हुन्छन् । आधुनिक विज्ञान प्रयोग हुन थाल्दछ । उद्योग स्थापना भै उत्पादनमा आधुनिकता आउन थाल्दछ । तेस्रो अवस्थामा-आधुनिकीकरणका शक्तिहरु परंम्परागत समाजका मूल्य तथा बाधाहरुलाई पार गर्दै पुराना संस्था विरुद्ध संघर्ष गर्न थाल्दछन् । औद्योगिक उत्पादन तिव्र रुपमा बढ्न थाल्दछ । चौथो अवस्थामा पुराना उत्पादन पद्दतिको स्थान नयाँ पद्दतिले लिएको हुन्छ । अर्थव्यावस्थाले अप्रत्यासित झडका पनि सहन सक्दछ । आयातित बस्तुको उत्पादन देशमा नै हुन्छ र विदेशि निर्भरता समाप्त हुन्छ । अर्थव्यावस्था पाचौं चरणमा प्रवेश गरेपछि देशको अबस्था गाउँपालीका, नगरपालीका र महानगरपालीका हुँदै पूरानो संरचनाबाट नयाँ संरचनामा परिवर्तन हुन्छ । आर्थिक क्षेत्रमा पूर्णरोजगारीको स्थीति आउँदछ । देश अत्याधिक आम उपभोगको चरणमा प्रवेश गर्दछ । समाजको ध्यान कल्याणको समस्यामा केन्द्रित हुन्छ । यो चरण औद्योगिक सभ्यताको चरण हो जसलेे जीवन बढि सजिलो, बढी रमणिय र बढी मनोरञ्जनपूर्ण बनाउँदछ । वर्तमान समयमा स्थापना भएका स्थानिय निकागले यि अवस्थालाई समायोजन हुनेगरि आफ्ना वार्षिक बजेट बिनियोजन, बितरण तथा प्रगति समिक्ष गर्ने उत्कृष्ट जनप्रतिनिधी स्थानिय निकायमा हुनु अनिवार्य छ । उत्कृष्ट प्रतिनिधीले राष्ट्रिय सिमाभन्दा टाढासम्म शक्ति विस्तार गर्ने निती बनाउनुको साथै, स्थानिय निकाय को आम्दानीको उचित वितरण, नयाँ व्यापारिक केन्द्रहरुमा विद्युतद्वारा चल्ने घरेलु यन्त्रहरु निर्माण गर्नु र गराउनु भन्ने – निर्णय गरि द्रुत आर्थिक विकासको आह्वानलाई सम्बोधन गर्नु पर्दछ ।