Tanahun Awaj
विचार/दृष्टिकोण

सोचाईमा परिवर्तन – सफल योजना

मुक्तिनाथ पण्डित
एम ए अर्थशास्त्र

आर्थिक बिकास दिर्घकालीन परिवर्तनको परिणाम हो । पूर्ण स्वतन्त्रताको स्थितिमा बढि मुनाफाद्वारा प्रेरित भएर उत्पादकले बढीभन्दा बढी उत्पादन गर्दछ । यस‌बाट जनताको कल्याणमा वृद्धि हुन्छ । यसरी देशको राष्ट्रिय उत्पादनमा वृद्धि हुँदा निर्यात बढ्नगै आर्थिक बिकास छिटो र द्रुत गतिमा अगाडि बढ्दछ । आर्थिक विकासलाई गति प्रदान गर्न सहकारीतालाई महत्वपूर्ण औजारको रुपमा लिनुपर्दछ भन्दै अर्थशास्त्री जे. एस.मिल (J.S.Mill) ले भनेका थिए।

सहकारीतामा श्रमिकहरुले – पूँजि लगानीकर्ता द्वारा हुने शोषणबाट मुक्ति पाउँदछन् । तसर्थ जुन देशमा सहकारीताको जति बढी विकास हुन्छ त्यो देशको आर्थिक बिकास त्यति छिटो हुन्छ ‌। तर नेपालमा बर्तमान समयमा सहकारीताको अस्तब्यस्तता, भ्रष्टाचार, करछली, ऋण लिएर लगानिफिर्ता नगर्ने परिपाटिले गर्दा अर्थव्यवस्थामा रहेको आर्थिक मन्दि (Economic depression) लाई बढावा दिएको छ । पुँजिपलायन (Capital flight) भएको छ । सहकारीको ऋण लिने व्यक्ति विदेश पलायन भएका छन् । बैंक बाट हुने कर्जा प्रबाह रोकिएको छ । आर्थिक मन्दिले आमजनताको गरिविमाथी विकासले ध्यान केन्द्रित गर्न सकेको छैन । सरकारले स्थापना गरेका सबै जसो उद्योगहरु निजिकरणको नाममा बिक्रि गरि बन्दको अवस्थामा रहेका छन् । जहाँ जनताले रोजगारी पाएर जनताको हातमा पैसा जान्थ्यो सो पनि छैन । युवाहरु रोजगारीको लागि कमिलाको ताँति झै बिदेशिन रोजगारीको बाध्य भएका छन् ।

राष्ट्रियस्तरमा संचालन भएका राष्ट्रिय गौरवका आयोजनाबाट प्राप्त साधन र स्रोत बहुसंख्यक गरिबको हातमा जानुको सट्टा मुठ्ठिभर धनिको हात‌मा परेको छ । तसर्थ ग्रामिण गरिब विपन्नवर्ग शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, स्वच्छखानेपानी, सरसफाई, आवास जस्ता समस्या बाट ग्रसित छन् । यसले गरिवबस्तीको विपन्नताको भयावह अबस्थाको चित्रण गराएको छ । गरिबको उत्पादकत्व घटाएको छ । गरिबि निवारणको लागि उत्पादनमा बृद्धि गर्नु मुहत्वपूर्ण मानिन्छ । नेपालका ग्रामिण वस्तिमा बसोबास गर्ने जनता गरिबिको कुचक्र‌मा परेर आधुनिक सुख‌ सु‌विधाबाट बन्चित छन् । ग्रामिण बस्तीको जनताको अबस्थाको बारेमा अनुसन्धान गर्दा उक्त बस्तीमा बसोबास गर्ने व्यक्तिले आफ्नो जबिनस्तरमा सुधार ल्याउन सामाजिक मूल्यमान्यता र संस्कारमा परिवर्तन गर्नु पर्दछ भन्ने निष्कर्ष निकालिएको छ ।

यद्यपी संविधानमा रोजगारी र समान अबसर प्रदान प्रदान गर्ने भन्ने उल्लेख गरेर कार्यक्रम ल्याइए पनि ब्यबहारमा अझै भेदभाव हटेको छैन ।  देशको विकासमा अदुरदर्शी नेतृत्व, व्यापक भष्टाचार, राजनैतिक अस्थिरता, बढि खर्चिलो प्रदेश संरचना, राजनितिकर्मि सेवा सुविधा, अन्तराष्ट्रिय स्तर‌मा भैरहेका युद्ध, मुलुकमा अशान्ति, गृहकलह, दलहरु बिचमा भएको झैझगडाले विकास अभियानलाई असर पारिरहेको छ । विश्वशान्ति, सद्भाव, स्थिरता र सहयोग भएमा समाज परिवर्तनमा सरलता आउँदछ । २१ औ शताब्दीको नयाँ प्रविधि र संचारको क्षेत्रमा आएको प्रबिधि स्थानान्तरण एक देशबाट अर्को देशमा छिटो भएमा बिकास‌को ढोका खुल्दछ। बिकासका लागि प्रबिधि, पूंजि, संचार कुन्जी (Key) मानिन्छन् । नेपाली समाजमा गरिब, दण्डहिनता, भ्रष्टाचार, अनुशासन हिनता एक जिराफ जस्तै हो- जसको बर्णन गर्न कठीन छ तर देखेपछि थाहा पाइन्छ । देसका नौजवान युवाहरू कमिलाका ताँतिझै रोजगारीको खोजीमा देश छाडिरहेका छन् । शाषकवर्ग साँसदभवनमा एक आपस‌मा बिबेकहिन व्यक्तिको शैलीमा मुक्का प्रहार गर्नमा व्यस्तछन् । अब भन्नुहोस् दुरदराजका बस्ने जनताले के आस गर्ने ?

Related posts

बेमेलको राजनैतिक परिवर्तन

admin

सिरानी फेरियो, फेरिएन सपना

admin

प्रतिनिधिसंगका जनअपेक्षा-सम्पादकीय

admin