Tanahun Awaj
Uncategorized

दुष्कृति ः कानून र दायित्व

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
हामीले अब दुष्कृति कानूनले गरेका व्यवस्थाका बारेमा बुझ्न जरुरी छ । नेपालमा नयाँ कानूनी व्यवस्थाको रुपमा दुष्कृतिलाई लिईन्छ । यो कानूनले आफूले गरेको दोषको मात्रै होइन अरुले गरेको दोषको पनि दायित्व बहन गराउने व्यवस्था गरेको छ । को कस्ले कस्तो दायित्व बहन गर्नु पर्दछ भन्ने आमजनचासोको विषय हो ।
आमाबाबुको दायित्वः
चौध बर्ष उमेर पुरा नभएको नाबालकले गरेको कसूरमा आमाबाबुले दायित्व बहन गर्नु पर्ने कानूनी व्यवस्था भएको छ । नाबालकसंग बसेको आमाबाबु नभए, बाबु वा आमा नभए निज उपर मातृक वा पैत्रिक अख्तियारी प्रयोग गर्ने ले त्यस्तो दायित्व बहन गर्नु पर्ने कानूनी व्यवस्था छ ।
संरक्षक वा माथवरः
होस ठेगानमा नभएको व्यक्तिले कसैको हानि नोक्सानी क्षति पु¥याएमा त्यस्तो व्यक्तिको पालनपोषण संरक्षण गर्ने संरक्षक वा माथवर व्यक्तिले दायित्व बहन गर्नु पर्दछ ।
काम लगाउनेको दायित्वः
आफ्नो निर्देशनमा काम गर्ने घरेलु कामदार, अन्य कामदार, वा कर्मचारीले त्यस्तो कामको सिलसिलामा गरेको दोषको भागिदार काम लगाउने व्यक्ति वा संस्था हुने कानूनी व्यवस्था छ । तर कामदारको वा कर्मचारीको हेलचेक्रयाई वा बदनियतले गरेको काम वापतको दायित्व भने कामदार वा कर्मचारीले व्यर्होनु पर्नेछ ।
गोसायको दायित्वः
आफूले पालेको पशुधन चौपायाले कसैलाई हानी नोक्सानी पु¥याएमा त्यसको दायित्व पशु पाल्ने गोसायँ अर्थात पशु धनीले व्यर्होनु पर्ने कानूनी व्यवस्था छ । यो व्यवस्थामा पशुधनीको प्रयाप्त सावधानी देखिएको, नोक्सानी व्यहोर्न परेको व्यक्तिकै असावधानीका कारण नोक्सानी पुगेको अवस्थामा भने पशुधनीले दायित्व व्यहोर्न नपर्ने गरी कानूनले उन्मुक्ति दिएको छ ।
घरधनीको दायित्वः
निर्माणाधिन घर वा सम्पन्न भैसकेको घर भएतापनि सो घरको कुनै भाग भत्किएर वा कसैलाई हानी नोक्सानी पुगेमा त्यसको दायित्व घरधनीले व्यर्होनु पर्दछ ।
सम्पत्ती धनीको दायित्वः
कसैको स्वामित्वमा रहेको मेशिन, उपकरण वा यन्त्रको विष्फोटनबाट कसैलाई हानी नोक्सानी पुगेमा, त्यस्तो प्रज्वलनशिल वा विष्फोटक पदार्थबाट कारणबाट कसैलाई हानि नोक्सानी भएमा, कुनै उद्योग व्यवसायबाट धुँवा, ध्वनी पैदा गरी नोक्सान पु¥याएमा सम्पत्ती धनीले दायित्व बहन गर्नुपर्ने कानूनी व्यवस्था छ ।
घरको मूलीको दायित्वः
घरबाट निस्केको वा फालेको फोहर मैला वा वस्तुले कसैलाई हानि नोक्सानी पु¥याएमा त्यो दायित्व सो घरको धनीले व्यर्होनु पर्दछ ।
निष्कर्षः
दुष्कृति कानूनको प्रयोगमा आउँदाका बखत मुद्धाको संख्या बढ्दछ । साथसाथै हाम्रो समाजलाई इमान र सभ्य बन्न पनि बाध्य पार्दछ । त्यसैले दुष्कृति कानूनको प्रयोग हुनुपर्दछ ।

Related posts

कोभिड १९ को महामारीबाट बच्ने हो भने

admin

कोरोना नियन्त्रणमा नागरिक पहल

admin

जनविश्वासका नाहुँथानको संरक्षण

admin