
तनहूँ आवाज साप्ताहिकले २०८० साल मंसिर ११ गतेबाट आफ्नो प्रकाशनको २७औं बर्ष पुरा गरी २८ बर्षमा प्रवेश गरेको छ । तनहुँमै जन्मेर जेठो पत्रिकाको स्थान लिएको तनहुँ आवाजको प्रस्तुत अंक २८ बर्षको पहिलो अंक हो भनेर आफ्ना पाठक बर्ग, विज्ञापनदाता, लेखक बर्ग, सुभेच्छुक महानुभावहरु माझ चिनाउन पाउँदा हाम्रो प्रकाशन टीम गौरवान्वित महसुस गर्दछ ।
तनहुँ आवाज साप्ताहिकलाई पछि मूल्यअभिबृद्धि करको दायरामा लैजान परेपछि तनहूँ आवाज पब्लिकेशन प्रा.लि.को प्रकाशनको रुपमा आफ्नो निरन्तरता कायम राखेर आजको २८औं बर्षको जेठो पत्रिकाको हैसियत आर्जन गर्ने संस्थापकदेखि हालसम्मको टीमलाई आजको गौरवको श्रेय जान्छ । प्रत्यक्ष, अप्रत्यक्ष, भावनात्मक रुपमा, भौतिक रुपमा, आर्थिक रुपमा निरन्तरको सहभागिता र सद्भावले तनहूँ आवाज साप्ताहिकले आफ्नो २८ बर्षे किसोरावस्थामा पदार्पण गरेको सुखद् समाचार सम्प्रेषण गर्न पाउँदा तनहुँ आवाज परिवारले सुखद अनुभूति दोहो¥याई दोहो¥यो सबैं समक्ष स्रम्प्रेषण गरेको छ ।
तनहुँ आवाजको निरन्तर प्रकाशनमा विज्ञापन दाताहरुको सहयोग, पाठक बर्गको सद्भाव, लेखक बर्गको निस्वार्थ सहयोग, रचनाकारको निस्वार्थ सहयोग र सम्पादन टीमले आर्थिक लाभका दृष्टिले भन्दा पनि भाषिक र लेखकीय सीपको विकासको सौखले तनहुँ आवाजलाई अहिलेको गुणस्तरमा निरन्तरता दिन सकिएको सम्बद्ध सबै समक्ष विनासंकोच सार्वजनिक स्वीकारोक्ति गर्नै पर्दछ ।
२८औं बार्षिकोत्सवको यो क्षणमा हामीले यो पत्रिकालाई विभिन्न भूमिकामा जन्माउने, निरन्तरता दिने कमलामोहन वाग्ले, शिव शर्मा, भक्त खनाल, मुक्तिनाथ खनाल, कृष्ण खनाल, रजिनलाल श्रेष्ठ, दिनेश श्रेष्ठ, नारायण रिजाल, मदन वाग्ले, शिवहरि धिताल, अमर राज नहर्कि, रविन पौडेल, पवन पौडेल, विष्णु मास्की, रामहरि तिवारी, अमृत सुवेदी समेतका धेरैको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छौं । तनहुँ आवाजलाई आर्थिक सहयोग गरेर, सद्भावका साथ सकारात्मक वचनले सहयोग गर्नेहरु धेरै हुनुहुन्छ । यस क्षणमा यो प्रकाशन टिमको सबैप्रति उच्च सम्मान छ । छुट्न सक्ने भयले जोखिमपूर्ण लागेर नामै लिन भन्दा सामूहिक रुपमा सबैप्रति उच्च सम्मान व्यक्त गर्न उचित लाग्यो ।
अतः अगामि दिनमा पाठक बर्ग, सुभेच्छेक महानुभावहरु, लेखक बर्गको रचनात्मक सुझाव र सहयोगमा तनहुँ आवाज साप्ताहिकलाई अझै परिस्कृति, गुणस्तरीय बनाउन यो सम्पादन टिम हरदम रचनात्मक सुझाव, सहयोगको प्रतिक्षामा रहेको छ ।