दमौली/आदिवासी जनजाती तनहुँ महोत्सव १२औं दिनसम्म चलेर बुधबार समापन भएको छ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न महोत्वलाइ एक लाख ५२ हजार दर्शकले अबलोकन गरेका थिए भने एक करोड पचास लाखको कारोवार भएको प्रवक्ता नन्दु थापा मगरले बताए ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने मूल नाराका साथ पुस २२ गतेबाट शुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव १३औं दिनका दिन माघ ४ गते बुधबार सम्पन्न भएको छ । राष्ट्रिय शोकका कारण सोमबार स्थगित गरिएको थियो ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँले महोत्सवको आयोजना गरेको थियो । महोत्सवको अन्तिम दिन बुधबार राष्ट्रिय गायक गायिकाको प्रस्तुति रहेकोे थियो । गायिका चिना थापा र ¥यापर मिस्टर डि को प्रस्तुतीले महोत्सवलाई तताएको थियो ।
दमौली स्थित विपी वनवाटिकाको खेल मैदान महोत्सव स्थल रहेको थियो ।
महोत्सवमा २ सय ३० वटा स्टलबाट अन्तिम दिन आठ लाखको कारोबार भएको र १० हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दावी रहेको छ ।
महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको थियो । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु राखिएको थियो ।
‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको थियो ।
महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको थियो । त्यस्तै आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका थिए ।
१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी
previous post