दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले तीन स्थानमा स्थापना गरेको हात धुने स्थान फरक फरक कार्यक्रमका बीच बिहिवार उद्घाटन गराएर हस्तान्तरण गरेको छ ।
कोभिड-१९ प्रतिकार्य कार्यक्रम अन्तरगत स्थापित हातधुने स्थान तनहुँ दमौलीको अत्यधिक जनचाप हुने तनहुँ जिल्ला अदालत, मालपोत कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय दमौलीमा स्थापना गरिएको छ ।
तनहुँ जिल्ला अदालतमा राखिएको हात धुने स्थानको जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले सावुन पानीले हात धोएर उद्घाटन गर्नु भएको थियो । सोही कार्यक्रममा तनहु जिल्ला अदालतले नेरेसो तनहुँलाई धन्यवाद पत्र सहितको धन्यवाद ज्ञापन गरेको थियो । त्यसैगरी मालपोत र जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको हात धुने स्थानको नेपाल रेडक्रस सोसाईटीका पूर्व केन्द्रीय सदस्य परशुराम गिरीले उद्घाटन गर्नु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले उद्घाटन कार्यमा सहभागि हुँदै धन्यवाद ज्ञापन गर्नु भएको थियो । मालपोत कार्यालयका नि प्रमुख खेमबहादुर खत्रीले पनि कोभिड-१९ प्रतिकार्य कार्यक्रमको हात धुने स्थान मालपोत कार्यालयलाई छनौट गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा नेरेसो तनहुँ शाखाका पदाधिकारी एवं सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।