नेपाली राजनीतिका दुइ शिखर पुरुषलाई नेपाली जनले यो साता निस्वार्थ पूर्वक सम्झना ग¥यो र श्रद्धा व्यक्त ग¥यो । तर सर्वसाधारणले जसरी निस्वार्थ भएर ति दुई शिखर पुरुष बीपी कोइराला र पुष्पालाल लाई सम्झ्यो के अहिले देशलाई नेतृत्व गर्दै गरेका भनिएका र आफुलाई ति नेताका अनुयायी भन्न रुचाउने नेताहरुले त्यसरी नै सम्झे होलान ? दुःख पूर्वक भन्नु पर्छ, अवश्य सम्झेनन् । उनीहरुका लागि त बीपी र पुष्पलाल सत्ता प्राप्तीका लागि भरपर्दाै खुड्किलो मात्र हुन् जुन आफुलाई सत्तामा पुग्न आवश्यक हुँदा प्रयोग गर्छन नभए त्यसै राखिहन्छन् घरको कुनै कुनामा भएको भ¥याङ जस्तै उनीहरुको तस्वीर र विचार ।
जननायक बीपी आजभन्दा सात दशक अगाडि भन्थे “नेपालको सन्दर्भमा समाजबाद भनेको प्रत्येक नेपालीको एउटा सानो घर होस्, गरिखान पुग्ने खेतबारी होस्, प्रत्येकका घरमा एउटा दुहुनो गाई होस् । छोराछोरीले स्कुल पढ्न पाउन, बिरामी पर्दा उचित स्वास्थ्य उपचार गर्न पाउन । ” बीपीको यो विचारमा हेरौ त । उनी चाहन्थे कुनैपनि नेपालीले खाना, नाना, छाना र स्वास्थ्य तथा शिक्षा प्राप्त गर्नबाट विमुख नहोस् । सबै परिवार आत्म निर्भर बनुन् । नेपालका सबै परिवार आत्म निर्भर बन्नुको अर्थ हो देश आत्म निर्भर बन्नु । सुन्दा समान्य लागेपनि बीपीको त्यो समाजवादको व्याख्यामा नेपालको आत्म निर्भरताको प्रसंग जोडिएको छ । समुन्नतीको प्रसंग जोडिएको छ अनि अहिलेका नेताहरुले भन्ने गरको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा समेटिएको छ ।
अहिले हाम्रो अवस्था हेरौं त, हरेक कुरामा हामी भारत वा अन्य देशसंग निर्भर छौं । केही वर्ष अगाडिसम्म खाद्यान्न अभाव भएको देशलाई सहयोग गर्ने हामी अहिले त्यसैको सबैभन्दा ठूलो आयातकर्ता बनेका छौं । कयौं विघा खेती योग्य जमिन बाँझै छ । किसानले उब्जाएपनि उचित मूल्य पाउँदैन । अनि उसलाई उब्जाउ गर्नै जाँगर कहाँबाट प्राप्त होस् । उसका लागि भनेर आएको सरकारी अनुदान बीचैमा अरुले खाइदिन्छ । धनी र गरिबबीचको खाडल झन गहिरे बन्दै गएको छ । गरिखान पुग्ने खेतबारीको त कुरै छाडौं सानो घर ठड्याउने घडेरी नभएका मानिस थपिएका छन् दैनिक । सबै नागरिकका छोरा छोरीले उचित शिक्षा पाउने कुरा अब असम्भव बन्दै गएको छ । किनभने सामुदायिक शिक्षामा आम मानिसको विश्वास छैन र नीजी क्षेत्रले प्रदान गर्ने शिक्षा यति महंगो भएको छ कि सामान्य नागरिकले छोराछोरी ती विद्यालयमा पढाउने कल्पनै गर्न सक्दैन । स्वास्थ्य उपचारको कुरा त्यस्तै छ । सरकारी अस्पतालको सेवा सुस्त हुँदा विरामी उपचारका लागि निजीमा धाउनु पर्ने अवस्था छ र निजीमा उपचार गर्न जानु भनेको घर खेतको लालपुर्जा अस्पतालमा बुझाउन तयार भएर जानुपर्ने जस्तै भएको छ । यसरी शिक्षा र स्वास्थ्य क्षेत्र नाफा खोरहरुको हातमा पुग्दा मानबता र संवेदना हराएको छ अनि ती दुवै क्षेत्र आम सर्वसाधारणको पहुँच बाहिरको कुरा बन्दै गएको छ ।
एकछिन् बीपीका अनुयायी भन्ने बर्तमानका अधिकांश जसो कांग्रेस नेता कार्यकर्तालाई हेरौं । के उनीहरुको उद्देश्य÷व्यवहार बीपीले भनेको समाजवाद तर्फ नेपाली समाजलाई लैजाने खालको छ ? उत्तर स्पष्ट छ, अहिलेका धेरै जसो कांग्रेस नेता कार्यकताको काम गराई सबै नेपालीको गोठमा दुहुनो गाई, खेती गरेर खान पुग्ने जमिन, सानो घर, आङभरी लुगा, बालबालिकालाई उचित शिक्षा र स्वास्थ्य सुविधा पु¥याउने कुरा तर्फ निर्देशित छैन । छ त आफैले कसरी धेरैभन्दा धेरै कमाउने । आफ्ना आफन्तलाई कसरी राम्रो ठाउँमा नियुक्ति दिलाउने, कसरी छोराछोरीलाई विदेशका राम्रा विद्यालय र विश्व िविद्यालयमा पढ्ने वातावरण मिलाउने भन्नेमा । कांग्रेसका अहिलेका नेताहरुलाई किसानको भोटोबाट बीपीलाई जस्तो पसिनाको सुवास आउँदैन बरु दुर्गन्ध आउँछ । दिनरात रगत र पसिना बगाएर आफुलाई पाल्ने एउटा किसान र तल्लो वर्गका मानिसको आर्थिक उन्नतिसंग अहिलेका कांग्रेसलाई कुनै सरोकार छैन । त्यसैले मैले माथि भनेको बीपी र उनको आदर्श त कांग्रेस नेताहरुका लागि सत्ता र शक्तिमा पुग्ने खुड्किलो मात्र हो ।
अब एकछिन् पुष्पलालका अुनयायीहरुका पनि कुरा गरौं । माथि बीपीका अुनयायीहरुका विषयमा जुन कुरा उल्लेख भयो, त्यो हुबहु कम्युनिस्टहरुमा पनि लागू भएको हामीले देखि आएका छौं । सर्वहारा वर्गको नेतृत्व गर्छाै भन्ने नाराका साथ सत्तामा गएका नेपाली कम्युनिष्टले कति सर्वहाराको पक्षका काम गरेका छन् भन्ने कुराको वर्णन शायद गरिरहनु आवश्यक छैन, खाली पछिल्लो पटक ओम्नी र यती समूहको हित रक्षार्थ भएका कामको स्मरण गराए पुग्छ । तर मलाई यहाँ उल्लेख गर्न मनलागेको कुरा अलि फरक छ । जुन यस प्रकार छ ।
कुरा २०१७ सालमा राजा महेन्द्रले कु गरेपछिको हो । पुष्पलाल त्यतिबेला प्रवासमा थिए । प्रवासमा रहेका पुष्पलाललाई राजा महेन्द्रले भेट्न बोलाए । तर उनले राजालाई भेट्न अस्विकार गरे । बरु राजाको खबरी बनेर आएको मानिससंग उनले जवाफ पठाए, मैले राजालाई भेट्नु पर्ने कुनै कारण छैन । हदै भए उनले मलाई प्रधानमन्त्री खा भन्लान । मलाई राजाले दिएको प्रधानमन्त्री चाहिँदैन । राजाले दिनसक्ने सबै भन्दा ठूलो पद प्रधानमन्त्री हो तर सिद्धान्त बेचेर मलाई प्रधानमन्त्री बन्नु वा कुनै लाभको पदमा बस्नु छैन । अहिले हामीले नेकपामा सत्ताको जुन झिनाझम्टी देखिरहेका छौं, त्यो देख्दा यिनीहरुलाई पुष्पलालका अनुयायी भन्ने कि नभन्ने भन्ने द्विविधा मेटिन्छ शायद । र आम नेपाली स्पष्ट हुन्छन्, यीनीहरुका लागि पुष्पलालको फोटो र आदर्श त मागि खाने भाँडो पो रहेछ । वास्तवमा यिनीहरु पुष्पलालका अनुयायी होइन रहेछन् ।
आम नेपालीले बीपी र पुष्पलाललाई त्यसै आदर गरेका होइनन् । सिद्धान्त अनुसारको जीवन शैली, सिद्धान्त प्रतिको अडान तथा तात्कालिक र व्यक्तिगत लाभ भन्दा देश र जनताको हितका निम्ती निर्णय लिने भएका कारण सधै स्मरणमा रहने भएका हुन् । तर बर्तमान राजनैतिक नेतृत्वको बीपी र पुष्पलालका प्रतिको श्रद्धा भने केवल शत्ता र शक्तिमा जानका लागि देखाउने दाँत मात्र हुनु दुर्भाग्य हो । सिद्धान्त विपरितको सत्ता विनिमयले उनीहरुलाई नै पछि घाटा हुने हो ।