दमौल/नेपाल शिक्षक संघ तनहुँले गत आईतवार बैशाख ३० गते आफ्नो स्थापना दिवस मनायो । त्यो पनि ३४औं कि ३५औं भन्ने द्विविधामा । त्यतिमात्रै होइन, नेपाली काँग्रेस फुट्दा नफुटेको शिक्षक संघको स्थापना दिवसपछि शिक्षक संघको स्थापना दिवसमा सहभागिता जनाउने र बहिष्कार गर्ने अवस्था निर्माण भएको पाइयो । शिक्षक संघले नेपाली काँग्रेसको समुच्च सम्मान गर्न नसक्दा दुईगुटमा विभाजित हुन बाद्य पारिदियो ।
शिक्षक संघ तनहुँले आवश्यक समन्वय गर्न सकेको भए स्थापना दिवसकै दिन भिमाद पारीका पालिकाबाट भरसक सहभागिता हुन नसकोस् भन्ने भावनाका साथ नेपाली काँग्रेस भिमाद नगरसमितिको तर्फबाट बनभोज कार्यक्रमको आयोजना गर्ने अवस्था निर्माण हुँदैनथ्यो । शिक्षक संघ तनहूँले प्रमुख अतिथिमा प्रदीप पौडेलको नाम राखेर कार्यवहाक प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेस तनहुँका पूर्व सभापति बैकुण्ठ न्यौपानेलाई बनाउँदा अर्को समूह स्थापना दिवसमा सहभागि हुन नपाएको जानकारहरु बताउँछन् । २०४७ साल बैशाख ३० गते देवेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा स्थापना भएको शिक्षक संघले ३४औं स्थापना दिवस मनाईरहँदा नेपाली काँग्रेस तनहुँको दुई कित्ता प्रकट गराइ दिएको छ ।
बनभोज कार्यक्रममा शंकरभण्डारी खेमाका ध्रुवा वाग्ले, जीत प्रकाश आले, राजेन्द्र कृष्ण श्रेष्ठ लगाएतका नेताहरुले सहभागि भएको सहभागि काँग्रेसजन बताउँछन् ।