दमौली/काठमाडौंको टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को लिग चरणको खेलमा सुदुरपश्चिम रोयल्सले अग्रता लिएको छ भने उसको प्लेअफमा सिट सुनिश्चित भएको छ ।

बुधबारसम्म भएका लिग चरणका पाँच खेलमा सबै खेल जित्दै सुदुरपश्चिम रोयल्स १० अंक सँगै शिर्ष स्थानमा रहेको छ । काठमाडौं गुर्खाज् ६ खेलमा चार खेल जित्दै ८ अंक सँगै दोस्रो र समान खेल, जित र पोइन्ट सँगै बिराटनगर किंग्स तेस्रो स्थानमा रहेको छ । ६ खेलमा ३ खेल जित्दै ६ अंक सँगै लुम्बिनी लायन्स् चौथो स्थानमा रहेको छ । पाँच खेलमा २ खेल जित्दै समान ४ अंक सहित पोखरा एभेन्जरस् पाँचौ र चितवन राइनोज् छैठौं स्थानमा रहेको छ । साथै, सातौं स्थानमा रहेको कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएको छ भने पहिलो सिजनको विजेता जनकपुर बोल्टस् पाँच खेलमा एक जितसँगै अंक तालिकाको अन्तिमा रहेको छ ।
लिग चरणमा प्रत्येक टिमले सात खेल खेल्नेछन् । प्लेअफमा जम्मा चार टिम खेल्नेछन् भने सुदूरपश्चिम रोयल्स्ले आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
