दानी मनहरुः आफ्ना बालबच्चा पढ्ने विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने थाहा पाएपछि विद्यालय आएर मन्दिर निर्माणका लागि सहयोग हस्तान्तरण गर्दै सिद्धेश्वरी मावि व्यास– १२ का अभिभावक । नगद पाँच हजार १० रुपैयाँ हस्तान्तरण गरेपछि अभिवादन गर्दै सुनिता बराल(माथि) नगद रु ६ हजार विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै अर्की अभिभावक सविता पन्त (तल) । तिहारको अवसर पारेर विद्यालय सेवा क्षेत्रमा देउसी भैलो कार्यक्रमा मार्फत मन्दिर निर्माणका लागि विद्यालयले झण्डै दुइलाख जुटाएको छ भने अन्य दाताहरुले पनि मन्दिर निर्माणमा नगद सहयोग गरेका विद्यालयका सहायक प्रअ प्रतापसिंह अधिकारीले बताए । तस्विरः रमेश विकल