कमलबारी/सिद्धेश्वरी मा.वि.का अभिभावकले आफ्ना छोरीहरुको पढाइका सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार विद्यालयमा आयोजित गोष्ठीमा सहभागी कक्षा सातका छात्राहरुका अभिभावकले उक्त प्रतिवद्धता जनाएका हुन् । रुम टु रिडको पढ्नका लागि कोठा कार्यक्रम अन्र्तगत आयोजित गोष्ठीमा सहभागीहरुले छोरीहरुलाई घरमा सिकाईको सकारात्मक वातावरण निर्माण गरेर उनीहरुके सिकाईलाई प्रभावकारी बनाउन आफुहरु तयार रहेको बताएका हुन् । सो क्रममा अभिभावकहरुले बालबालिकासंग संगै बसेर उनिहरुलाई पढ्न र गृहकार्य गर्न प्रात्साहित गर्ने, पढ्ने छुटुटै स्थान उपलब्ध गराउने, काम कम लगाएर पढुने समय उपलब्ध गराउने तथा आफुले जानेको सिकाउने प्रतिवद्धता जनाएका हुन् ।
कतिपय अभिभावकले छोरीहरुले पढाइमा खास ध्यान दिने नगरेको गुनासो गरेका कार्यक्रममा आवश्यक शैक्षिक सामग्रि उपलब्ध गराउने तथा मायालु वातावरण निर्माण गरेर सिक्न प्रेरित गर्ने समेत बताएका थिए । पढ्नका लागि कोठा कार्यक्रमकी सामाजिक परिचालक नमिता तिमल्सिनाले गत शैक्षिक सत्रबाट प्रारम्भ भएको कार्यक्रमले बालिकाहरुको सिकाइमा सकारात्मक प्रभाव पारेको बताईन । तिमल्सिनाका अनुसार कार्यक्रमले बालिकाहरुले आफुमा निहित क्षमता पहिचान गरेका छन् । सबै समान क्षमताका हुँदैनन् भन्ने बुझेर बालिकाहरुले आफुलाई सक्षम बनाउने प्रयत्नमा लागेका, साथै आफुलाई चित्त नबुझेको कुराका नाई भन्न सक्ने र प्रश्न गर्न सक्ने क्षमताको विकास भएको उनको उनको अनुभव छ ।
अर्की समुदाय परिचालक विमला दुरालाई छोरी पढाउने कुरामा अभिभावक सचेत हुँदै गएको लागेको छ । दुराका अनुसार अभिभावकहरु कार्यतालिका बनाएर पढ्न लगाउने, पढ्ने निश्चित स्थान उपलब्ध गराउने कुरामा प्रतिवद्ध हुनु यसैको परिणाम हो । कार्यक्रम पश्चात विद्यार्थी नियमित उपस्थित हुन थालेको , बालबिवाहमा कमि आएको तथा विद्यालय छोड्न लागेका बालिका समेत पढ्न प्रोत्साहित भएको तिमल्सिनाको अनुभव छ । कार्यक्रममा विद्यालयका सहायक प्रअ सुदिप आचार्यले छोरीले पनि अवसर पाए छोराले सरह गरेर देखाउन सक्ने भएकाले छोरीको पढाइमा सकारात्मक सहयोग गर्न आग्रह गरे ।