दमौली÷सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै महासंघ तनहुँ शाखाले सो कुरा बताएको हो ।
विज्ञप्तीमा भनिएको छ –‘अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ तनहुँ शाखा गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।’
साथै शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र संघीय संसद्सँग आग्रह गरेको छ ।
सामाजिक सञ्जाल सम्बन्धी विधेकमा महासंघको ध्यानाकर्षण
previous post