दमौली/साउन १५ गते बाट तनहुँको यातायात ब्यवस्था कार्यालय बिमलनगरबाटनै लाइसेन्स नवीकरण हुने भएको छ । यातायात ब्यवस्था कार्यालय बिमलनगरले एक सूचना जारी गर्दै साउन १५ बाट लाइसेन्स नविकरणको काम सुरु हुने बताएको हो । अन्य प्रदेशबाट लाइसेन्स लिएको भएपनि गण्डकी प्रदेशको स्थायी बासिन्दाको मात्र नविकरणको काम गर्न सकिने कार्यालयले जनाएको छ । कागजी लाइसेन्सको हकमा स्मार्ट लाइसेन्स रुपान्तरण भएको मात्र नविकरण हुने कार्यालयले जनाएको छ । नविकरण गर्न आउदा सक्कल अनुमति पत्रसँगै नागरिकताको प्रतिलिपि समेत समावेश गर्नुपर्ने समेत कार्यालयले जनाएको छ । सेवाग्राही अनुपस्थित वा विदेश भएको व्यक्तिको सवारी चालक अनुमति पत्र नविकरण नहुने कार्यालयले जनाएको छ ।
साउन १५ बाट तनहुँमै लाइसेन्स नवीकरण
previous post