दमौली/सहकारीहरु मध्ये सायदै पहिलो होला उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड जस्ले जनप्रतिनिधि, सामाजिक संघसंस्था आमन्त्रण गरेर बुधबार शुभकामना आदनप्रदान सम्पन्न गरेको छ ।
नेपालीहरुको महान पर्व बडादसैं, शुभदीपावली, भिन्तुना, छठ, नेपाल संम्बत क्रिसमस लगायत सबै जात धर्मको चाडपर्वको उच्चारण गरेर शुभकामना आदनप्रदान गरिएको थियो । कार्यक्रममा आफ्नो सहकारीको आधार क्षेत्रका रुपमा रहेका वडाहरु २, ३, ४ वडाध्यक्ष, राष्ट्रिय सहकारी बैंक दमौलीका प्रबन्धक, राष्ट्रिय महिला उद्यमी संघ नेपाल तनहुँ समेतका शेयर सदस्यहरुलाई आमन्त्रण गरिएको थियो । प्रमुख अतिथी व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्यमसिलले प्रविधिलाइ साथ लिएर छोटो समयमा राम्रो काम गर्न सकेको बताउनु भयो । व्यास–३ का वडाध्यक्ष अनुप रानाले आर्थिक अनुशासन भएका सहकारीको साथमा स्थानीय सरकार रहेको बताउनु भयो ।
कार्यक्रममा व्यास–४ का वडाध्यक्ष मन बहादुर गुरुङले उद्यमी युवाहरुको सक्रियतामा संचालित उद्यमसिल सहकारी संस्थाले आर्थिक उन्नति गरेर नमुना सहकारीको रुपमा स्थापित छवि कायम राख्न शुभकामना व्यक्त गर्नुभयो ।
सहकारीका अध्यक्ष विकल्प श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमौलीका प्रवन्धक सन्तोष घिमिरे, संस्थाका कानुनी सल्लाहकार एवं अधिवक्ता ऋषिराम पोख्रल, राष्ट्रिय महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल, राष्ट्रिय महिला उद्यमी संघ व्यास नगरकी अध्यक्ष पवित्रा खनाल,पत्रकार एस.बि.नेपाली लगायत उपस्थित सबैले शुभकामना आदानप्रदान गर्नुभएको थियो । सचिव पूर्ण वि.क.ले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष भीमसिं ठकुरीले गर्नूभएको थियो ।
उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ बिकलले सहकारी मार्फत अस्पताल संचालनको परिकल्पना गरिएको बताए ।
स्वास्थ्य उपचारको लागि पोखरा,चितवन,काठमाण्डौं लगायतका शहरमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सहकारी संस्थाले अस्पताल संचालन गर्न लागेको हो । संस्थाको आगामी मंसिर २३ गते हुने साधारण सभा पछि अस्पताल संचालनको प्रक्रिया अघि बढाइने उनले बताए । सहकारी संस्था प्रविधिमैत्रीतर्फ अघि बढेको बताउँदै अध्यक्ष श्रेष्ठले मोबाइल बैकिङ्ग,मोबाइल एप्स सुविधा प्रदान गरिसकेको र फनपेको लागि प्रक्रियामा रहेको बताए । उक्त सहकारी संस्थामा हाल एक हजार तीन सय बढी शेयर सदस्य रहेको बताइएको छ ।
सहकारीको शुभकामना आदान प्रदान
previous post