पृष्ठभूमिः
हामीले आफ्ना नाउँको सम्पत्ति उपभोग गर्न पनि कानुनले देखाएको प्रक्रिया पुरा गर्नु पर्दछ अथवा कानुन बमोजिम मात्र आफ्नो नाउँको सम्पत्तिको उपभोग गर्न सकिन्छ । त्यसैले संहिताले सम्पत्तिको उपभोग सम्बन्धी के व्यवस्था गरेको छ हामीले जान्नु अनिवार्य भएको छ ।
अर्काको सम्पत्ति
उपभोग गर्न नपाउनेः
हामी सबैले जानेको विषय हो कि अर्काको सम्पत्ति उपभोग गर्न हामीले पाईदैन । तर सबै अवस्थामा यो लागू नहुन पनि सक्छ । जस्तो कि निकाश बाटोको लागि अर्काको नाउँको सम्पत्ति भए पनि हामीले उपभोग गर्न पाउँछौं । कसैले पनि अन्य व्यक्तिको बाटो वा निकास बन्द हुने गरी आफ्नो जग्गाको साँधमा कुनै काम वा निर्माण कार्य गर्न नपाईने व्यवस्था छ । कानुन बमोजिम बाहेक अर्काको घर वा कम्पाण्डभित्र प्रवेश गर्न सम्बन्धित व्यक्तिको मन्जुरी नलिइ नपाउने कानुनी व्यवस्था छ ।
सम्पत्ति अनतिक्रम्य हुनेः
हरेक व्यक्तिको सम्पत्ति नेपालको संविधान र संहिताले अनतिक्रम्य बनाएको छ । अर्थात अर्काको सम्पत्ति कसैले मिची घुसाइ भोगचलन गर्न नपाइ कानुनी व्यवस्था छ । कुनै काम गरी कसैले अन्य व्यक्तिको सम्पत्ति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पत्ति खिचोला वा अतिक्रमण गरेको मानिनेछ ।
सुरक्षात्मक उपाय
अपनाउनु पर्नेः
आफ्नै जग्गामा केही काम गर्दा पनि छिमेकीलाई असर पर्ने, हानी नोक्सानी पर्ने गरी गर्न नपाईने कानुनी व्यवस्था छ । त्यस्तो केही काम गर्नु पर्दा सुरक्षात्मक उपाय अपनाउनु पर्ने कानुनी व्यवस्था छ । व्यवसायीक कारोबार बाहेक सामान्य घरकाजको कामबाट निस्केको ग्याँस, गन्ध, धुवाँ वा आवाज जस्ता कुराले घर वा जग्गालाई हानी पु¥याएको मानिने छैन ।
अर्काको जग्गामा घर
बनाउन नपाइनेः
सामान्यतः कसैले पनि अर्काको जग्गामा घर बनाउँदैन । बनाउनै पर्ने अवस्था आएमा जग्गाको स्वामित्ववालाको लिखित सहमति लिएर मात्रै बनाउनु पर्छ । कसैले जग्गाको स्वामित्ववालाको सहमति नलिई घर बनाई हालेमा जग्गावालाले चाहेमा बजार मूल्य भन्दा पच्चीस प्रतिशत कम मूल्यमा त्यस्तो घर खरिद गर्न पाउँछ । जग्गावालाले जग्गा विक्री गर्न चाहेमा घरवालाले चलेको मूल्यको पच्चीस प्रतिशत बढी मुल्य तिरेर पनि जग्गा खरिद गर्नु पर्दछ । घर खरिद गर्न जग्गा धनी सहमति नहुने, जग्गा किन्न घरधनी सहमत नहुने भएमा घर धनीले तीन महिनाभित्र घर भत्काई सामान लैजानु पर्नेछ । नलगेमा त्यो घर समेत जग्गाधनीकै हुनेछ ।
अन्य विविध व्यवस्थाः
सँधियाराको जग्गातर्फ झ्याल राख्दा मापदण्ड अनुसारको जग्गा छोड्नु पर्दछ । आफ्नो घरको बलेसीको पानी अर्काको घरमा झर्ने गरी बनाउन पाईदैन । संधीयाराको जग्गासंग जोडी सेफ्टीट्याङ्की बनाउन पाईदैन । सँधियारको साँधबाट एक मिटर दुरी छोडेर मात्रै इनार खन्न पाईन्छ । सँधियारालाई असर पर्ने गरी रुख लगाउन पाईदैन ।
क्षतिपूर्ति पाउनेः
कानुनले तोकेको सीमा नाघेर कसैले बनाएको संरचना वा कामले कसैलाई क्षति पुग्न गएमा मर्का पर्ने पक्षले मर्का पु¥याउने व्यक्तिबाट मनासिब क्षतिपूर्ति धराई पाउनेछ ।
निष्कर्षः
कानुनको अनभिज्ञता क्षम्य हुँदैन । कानुन सबैले जान्नै पर्दछ । समान्यतः कसैपनि अर्कोको सम्पत्ति च्यापी, मिची घुसाई भोग गर्न चाहँदैन । अपवादमा कोही त्यस्ता व्यक्ति पनि हुन्छन् ।
कोही परिवन्द र भूलबस पनि त्यो अवस्थामा काम गरेको हुन सक्दछ ।
त्यसैले समस्याको समाधानमा पनि त्यसरी लचिलो भएर भूल स्वीकार गरी सच्चिने मनोविज्ञान बनाउँदा झैझगडाको झमेलामा परेर मानसिक तनाव र आर्थिक क्षति हुनबाट आफूलाई बचाउन सकिन्छ ।
सम्पत्तीको उपभोग सम्बन्धी व्यवस्था
previous post