
बैरेनी/व्यास नगरपालिका वडा नं. १० स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कल चण्डिदेवीले समाजमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
समाजमा उदाहरणिय कार्य गरे बापत नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका सभापति एवं व्यास नगरपालिका वडा नं १० का सदस्य ईश्वर पौडेल र नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेललाई सम्मान गरिएको सर्कलका शिक्षक नायक यम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।विद्यालयका प्रधानाध्यापक एवं संरक्षक रामचन्द्र पोेख्रेलको सभापतित्वमा सम्पन्न सो सम्मान कार्यक्रममा बोल्दै पौडेलले सर्कलले विगत देखि हाल सम्म गरेका कार्यको कार्यप्रशंसा गर्दै वडा, जिल्ला, प्रदेश र केन्द्रमा समेत आफ्नो उत्कृष्ट पहिचान बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप उर्जाका साथ अगाडि बढ्न पर्ने र सोका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी गण्डकी प्रदेश महासचिव एवं कार्यक्रमका प्रमुख अतिथि रामदत्त पौडेलले सर्कलले गरेको यस सम्मानले आफूलाई अझ बढी मानवीय सेवामा लाग्नु पर्ने र आफूले सत्र वर्ष सम्म शिक्षक नायकको रुपमा कार्य गरेको सर्कलले गरेको सम्मानको खुलेर प्रशंसा गर्दै आफु संग धन्यवादका शब्द नरहेको कुरा व्यक्त गर्नु भयो र आगामी दिनमा चण्डिदेवी सर्कल लाई कुनै पनि सहयोगको आवश्यक परेमा आँफू अग्रपंक्तिमा रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका सभापति एवं व्यास नगरपालिका वडा नं. १० का वडा सदस्य ईश्वर पौडेलले सर्कलले नवीन कार्यहरुमार्फत ऑफुलाई जिल्ला, प्रदेश र केन्द्रसम्म चिनाउन सफल भएको र उपशाखाबाट कुनै पनि प्रकारको सहयोगको आवश्यक परेमा आँफु सदैव तयार रहेको कुरा व्यक्त गर्नुभएको थियो ।
सर्कलले गत साता उत्कृष्ट युवा, शिक्षक, अभिभावक तथा शुभचिन्तकहरुलाई पनि सम्मान गरेको थियो ।
शिक्षक सह-नायक प्रतिक्षा पौडेलले स्वागत गरेको सो सम्मान कार्यक्रमको संचालन शिक्षक नायक सापकोटाले गर्नु भएको थियो ।सोही दिन सर्कलले आयेजना गरेको मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको विद्यालय स्रोतले जानकारी दिएको छ । फरक फरक आठवटा बिधामा सोधिएका प्रश्नहरूको सही उत्तर दिंदै येल्लो हाउस A. प्रथम, येल्लो हाउस ‘B’ द्वितिय, व्हाइट हाउस ‘B’ र रेड हाउस ‘B’ तृतिय भएको शिक्षक सह- नायक पौडेलले जानकारी दिनुभयो ।कुल आठ टीमको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण शिक्षक अभिषेक सापकोटा, भूमिका सुवेदी, भवनाथ गौतम, बिष्णु प्रसाद श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको सापकोटाले वताउनु गएको छ।