माक्सबादी दर्शनः
सन् १८१८, मे ५ मा जर्मनको पर्सिया–ट्रियरको मध्यम बर्गीय समाजमा वर्लिन विश्वविद्यालयबाट २३ वर्षकै उमेरमा पि.एच.डी.को डिग्री लिन सफल कार्ल माक्स अदितीय प्रतिभा भएका व्यक्ति थिए । आफ्नो अध्ययनलाई गहिराइसम्म पुर्याइएका कार्ल माक्सले आफ्ना लेखहरु तथा पुस्तकहरु मार्फत विभिन्न सिद्धान्तहरुको प्रचार गरे । उनले ‘कम्युनिष्ट मेनिफेस्टो’, ‘पूँजी’, ‘दर्शनको गरिबी’, आदि पुस्तकहरु लेखे । कार्ल माक्स र उनका सहपाठी फ्रेडरिक एन्जेल्सको वैचारिक विश्लेषण र यसमा सहमत हुनेहरु सबैले प्रतिपादन गरेको सामाजिक विश्लेषणको निष्कर्षलाई समग्रमा ‘माक्सवादी दर्शन’ भनिन्छ । यो समाजको व्याख्या गर्ने एउटा छुट्टै दृष्टिकोण हो । समाजका श्रमजीवी बर्ग, अल्पसंख्यक, जाति जनजाति, धर्मसंस्कृतिका विवध सवालहरुलाई यसमा छलफल गरिन्छ । गरिबी, अभाव, बेरोजगारीको वस्तुगत कारण खोजेर विधि र पद्धतिद्धारा समुदायमा सम्पत्ति माथिको व्यवस्था, राजनैतिक प्रणाली, नातेदारी प्रथा, परिवार र धर्म संस्कृतिले समाजमा पर्ने प्रभावको बारेमा चर्चा गरिन्छ । माक्सवादमा धर्म, आर्थिक पक्ष, राजनिति, उत्पादन प्रणालीका प्रत्येक एकाइहरु प्रति हेर्ने दृष्टिकोण नै फरक छ ।
माक्सबादी र गैर माक्सवादीको सोच्ने तरिका नै फरक छ । माक्सवादले समाजका केही अगुवा व्यक्तिको सम्पत्तिको श्रोत र शक्ति माथि नियन्त्रणको प्रश्न उठाउँछ । प्राकृतिक श्रोतमाथि समान स्वामित्व, वितरण र परिचालन नभएकोमा आपत्ति प्रकट गर्दछ । समुदायमा हुने उत्पादन र विनिमय प्रणालीमा हेक्का राख्दछ । आर्थिक पक्षलाई समाज र संस्कृतिको निर्धारक तत्व मान्छ । आधार संरचनाले उपरी संरचना निर्माण गर्दछ भन्ने निष्कर्ष निकाल्छ । आधार संरचना भन्नाले आर्थिक व्यवस्था, उत्पादन प्रणाली, वितरण प्रणाली हो । उपरी संरचना भन्नाले सामाजिक मूल्य मान्यता, विचार, साँस्कृतिक र राजनितिक अवस्था हो । सामन्ती उत्पादन प्रणालीमा हुने परिवारको ढाँचा र मान्यता पूँजीवादी उत्पादन प्रणालीमा भन्न स्वरुपको हुन्छ । सामन्ती युगमा संयुक्त परिवार थियो भने पूँजीवादमा एकात्मक परिवार हुन्छ ।
माक्सवादले समाज विकासको कालखण्डलाई ६ भागमा विभाजित गर्दछ । १) आदिम साम्यवादी युग, २) दास युग, ३) सामन्ती युग, ४) पूँजीवादी युग र ५) समाजवादी युग र ६) साम्यवादी युग । मानिस पहिला अविकसित अवस्थामा थियो । राज्यको अस्तित्व थिएन । मानिसले जङ्गलमा घुमफिर गरेर खान्थे, कोही कसैको अधीनमा थिएन, लडाइँ झगडा थिएन, शान्त थियो । यसलाई ‘आदिम साम्यवाद’ भनियो । खेतीपातीको युग शुरु भए पछी बलवान व्यक्तिले नर्व्लियो व्यक्तिलाई अधिनमा लिने र दास–दासी बनाई काममा लगाउने चलन चल्यो । त्यसलाई ‘दासयुग’ भनियो ।
राज्यहरुको निर्माण भए पछी जोसँग सैनिक शक्ति, धन, बल र चतुर्याइ छ उही व्यक्ती राजा हुने अन्य व्यक्ति प्रजा भई राजाहरुको हुकुमलाई कानुन मानेर बस्नु पर्ने स्थिति आयो । त्यो समयलाई ‘सामन्ती’ युग भनियो । सामन्ती प्रथाले मानिस सन्तुष्ट नभए पछी राजा महाराजाको मात्र हुकुम नमानी हरेक व्यक्ति काननको अधिनमा रहनु पर्ने चलन चल्न थाल्यो जनताले चुनेका प्रतिनिधिले राज्य चलाउने व्यवस्था भयो । यसलाई प्रजातन्त्र भनियो । माक्सवादमा यसैलाई ‘पुँजीवादी’ भनिन्छ । पुँजीवादी युगमा विभिन्न कल कारखानाको स्थापना भयो । उद्योग संचालन गर्न मालिक र काम गर्ने मज्दुरी धनी र गरिबको पहिचान हुन थाल्यो उद्यो संचालनमा मालिकले नाफा धेरै लिनेछन् । र श्रमजीवी – मजदुर शोषणको मारमा पर्ने भयो अन्तराष्ट्रि व्यापारले गर्दा खास गरी तेस्रो विश्वका अविकिशत मुलुकहरु परनिरभर हुन पुगे । तेस्रो विश्वका देशहरुले कच्चा पदार्थ र श्रमजीवी मज्दुरको निर्यात गर्ने तथा राष्ट्रका सिमित व्यक्तिले स्रोत र शक्तिमा हालिमुहाली गर्ने वातावरणले गर्दा धनी र गरिब बर्गको बीचमा ठुलो विभेद भयो । विभेदले वर्ग संघर्षको रुपमा द्धन्द हुन्छ । मज्दुरको संख्या धेरै हुनाले अन्तयमा सर्वहारा वर्गकै जीत हुन्छ । भन्ने माक्सबादको निष्कर्ष छ । पूँजीवादमा समस्याको समाधान नहुने विश्लेषण गर्दै समाज त्यो भन्दा अगाडि जानुपर्ने बाटो माक्सवादले देखाउँछ । क्रान्तिद्धारा राज्यसत्ता प्राप्त गरी मजदुर वर्गको हितमा काम गर्न सकिन्छ । उद्योगमा मजदुरको पनि शेयर हुने गरी राष्ट्रियकरण गरिन्छ । सामुहिक खेती प्रणालीद्धारा कृषिको आधुनिकीकरण गरिन्छ । घर जग्गा र कृषिमा गरिएको राष्ट्रियकरणले राष्ट्रको दायित्व बढ्छ र जनताले सेवा सुविधा पाउँछन् । सम्पूर्ण नागरिकको गास–वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी सरकारले गर्नु पर्छ । योग्यता अनुसारको काम र काम अनुसारको दाम पाइने हुनाले सामाजिक न्याय स्थापना हुन्छ र राष्ट्रले सम्बृद्धि प्राप्त गर्छ, भनिएको छ । यो अवस्थालाई ‘समाजवाद’ भनियो ।
मानवीय अवश्यकता पूरा भएपछि, तीब्र आर्थिक बृद्धि हुन्छ र समाजमा शोषण कम हुँदै जान्छ, अन्तमा सबै जनता सम्पन्न हुन्छन् । त्यतिबेला कसैले सङ्घर्ष गरिरहनु पर्दैन र वर्ग विलिन भई ‘साम्यवाद’ आउँछ । ‘साम्यवाद’ विकासको चरम लक्ष्य भएकोले यतैतर्फ सबैको प्रयास हुनुपर्छ भन्ने माक्सवादले दिशा–निर्देश गर्दछ । वैज्ञानिक भौतिकवादी दृष्टिबाट द्धन्दको विश्लेषण गर्ने हुनाले माक्सवादलाई द्धन्दात्मक, भौतिकवादी दर्शन पनि भनिन्छ । पदार्थ नै शाश्वत सत्य हो, यसैको अवस्थाबाट चेतनाको विकास हुने हुनाले प्रकृतिभन्दा पर गएर समस्याको समाधान हुँदैन भन्ने यसको चुरो कुरा हो । माक्सवादीहरु माक्सवादलाई एउटा विज्ञानको रुपमा स्वीकार गर्दछन् ।
माक्सवादका विशेषताहरुः
१) आत्मा–परमात्मा या कुनै अलौकिक शक्तिको अस्तित्व
छैन । जे छ प्रकृति मै छ । चेतना भन्ने कुरा पदार्थको अवस्थाबाट बन्ने हुनाले, पूर्वजन्म वा पुनर्जन्ममा विश्वास गर्न
सकिदैन । वैज्ञानिक रुपमा प्रमाणित कुरालाई मात्र सत्य मान्न सकिन्छ ।
२) समाज स्थायी संरचना
होइन । हिजोको समाज आजको जस्तो थिएन । त्यसैले भोलि पनि यस्तै रहन सक्दैन । यो समाजमा परिवर्तन र प्रगति भइरहन्छ ।
३) समाजमा सन्तुलन छैन । हरेक परिवार, सरुंस्था, संगठन र समाजमा आ–आफ्नो वर्गीय स्वार्थले विचारमा अन्तरविरोध जन्माउँछ । यही स्वार्थी विचार नै दोन्दको करण हो ।
४) शक्तिको श्रोत आर्थिक व्यवस्था हो । श्रोतको असमान वितरणले सङर्घषलाई प्रेरित गर्छ । हुने वर्ग र नहुने वर्गको बिचमा लडाईं भईरहन्छ । यसैलाई वर्ग सङर्घष भनिन्छ ।
५) पूँजीगत वर्गले जति बढी शोषण र दमन गर्छ, उति नै धेरै वर्गीय चेतना विकास हुन्छ । श्रमजीवीको वर्गीय संगठन बलियो हुँदै जाँदा वर्ग सङ्घर्षले क्रन्तिको रुप लिन्छ ।
६) यही क्रन्तिको रुपान्त्रण ल्याउँछ र समाज विकासमा अगाडि बढ्छ ।
७) समाजको प्रगति मानिसको विचारले भन्दा अवस्थाले निर्धारण गर्छ ।
८) समाजिक वा सांस्कृतिक परिवर्तनमा न्यून वर्गले मध्यम वर्गबाट सहानुभूति प्राप्त
गर्दछ । मध्यम वर्गका मानिस धेरै अवसरवादी हुने हुनाले सतर्क रहनुपर्छ ।
९) हरेक घटनाको वस्तुगत कारण हुन्छ, त्यसको विश्लेषण गरी आगामी कार्यक्रम तय गर्नुपर्छ ।
१०) राष्ट्र सम्पन्न भए समाज सम्पन्न हुन्छ, समाज सम्पन्न भए मात्र व्यक्ति सम्पन्न हुन्छ ।
११) जीवन र जगतलाई हेर्दा वैज्ञानिक दृष्टिबाट हेर्नुपर्छ । धर्म, कला, साहित्य र सरुंस्कृतिको पनि प्रगतिशील विश्लेषण गर्नुपर्छ ।
१२) चेतना मानिकसको मस्तिष्कको विशेषता हो । वस्तुगत परिस्थितिले चेतनालको विकास हुन्छ ।
१३) आधार संरचना (आर्थिक अवस्था) ले उपरिसंरचना (मूल्य मान्यता र विचार) निर्धारण
गर्दछ ।
१४) शोषण रहित (वर्ग विहीन) समाजको परिकल्पना साकार पार्नु क्रियाशील हुनु क्रान्तिकारीता हो ।
१५) बहुसंख्यामा रहेको कारणले गरिब या सर्वहाराको जीत अवशयंभावी छ ।
१६) सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्छ र समाजिक न्यायको स्थापना गर्नुपर्छ । सबैले खान, लाउन, बस्न, पढ्न, उपचार, गर्न र रोजगारी गर्न पाउनुपर्छ ।
१७) बहुसङ्ख्यक नागरिकको भलो हुने निर्णय गर्नु नै न्याय हो । पछि परेको वर्गलाई अवसर दिनु समता (सामाजिक न्याय) हो ।
माक्सवादी सिद्धान्तका अनुयायीहरु कम्युनिष्ट
बन्दछन् । यसमा असहमत हुनेहरु कम्युनिष्ट बन्दैनन् । कम्युनिष्टलाई वामपन्थी भिातभकत र लोकतन्त्रवादीलाई च्ष्नजतभकत भन्ने चलन छ । (तर सबै बामपन्थी जति कम्युनिष्ट हुदैनन् तर समाजमा कम्युनिष्टहरु बामपन्थी नै हुन्)
–(बाँकी अर्को अंकमा)
1 comment
[…] विगतकाे लेख: https://tanahunawaj.com.np/?p=3950 […]