दमौली/प्रतिनिधि सभाको आगामी पाँच वर्षे कार्यकालको लागि आज सभामुखको निर्वाचन सम्पन्न हुँदैछ ।
सभामुख पदका लागि सत्ताधारी सात दलिय गठबन्धनको तर्फबाट झापा –२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे उम्मेदबार रहेका छन् । उता प्रतिपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदबारी परेको छ ।
घिमिरेको प्रस्तावकमा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ रहेका छन् भने समर्थकहरुमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे रहेका छन् । सभामुखमा उम्मेदवारी दिएपछि घिमिरेले सञ्चारकर्मीहरुसंग कुरा गर्दै हिजोबाट शिक्षा लिँदै तटस्थ रहेर काम गर्ने बताए ।
सरकार बाहिर रहेका दलहरुको तर्फबाट उम्मेदबारी दिएकी कांग्रेस सांसद न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् भने समर्थकमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् । न्यौपानेलाई जनता समाजवादी पार्टी नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल समेतको समर्थन रहेको छ ।
सभामुखको निर्वाचन आज
previous post