
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डौमा जारी आन्दोलनकोे तनहँकोे ऋषिङ गाउँ पालिका अन्तर्गतका विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारी । शिक्षकहरु पूर्व सम्झौता कार्यान्वयनको माग राखेर सडक प्रदर्शनमा उत्रेको दुइ साता वितेपनि सरकार भने कानमा तेल हालेर बसेको छ । आन्दोलनका कारण भर्ना अभियान प्रभावित भएको छ भने एसइईको उत्तरपुस्तिका परीक्षण रोकिएको छ । बैशाख ११ बाट हुने कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने शिक्षकहरुले बताएका छन् । तस्वीरः शिक्षक सम्झना खनाल