नेपाली काँग्रेसका पूर्व सहमहान्त्री एवं बी पी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले मुलुकको संविधान नै देशको हरेक समस्यको कारण बनेको बताउनु भएको छ ।
नेता जोशीले शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन समेतका सडक समस्या र देशको आर्थिक संकट समेतका समस्यालाई संकेत गर्दै हरेक समस्याको कारण बनेको संविधान कित संसोधन गर्नुप¥यो, होइन भने क्षणिक कुराले मात्रै देशको समस्या समाधान नहुने धारणा राख्नु भयो ।
ग्रेटर नेपालको कुरा उठाउनेहरुको भूमिका र नियत माथि शंका गर्दै जोशीले तीन करोड जनसंख्या भएको नेपालका लागि ३३ करोड जनसंख्या भएको अहिलेको भारतको भूभाग गाभेर जनमत संग्रहमा मुुलुक गयो भने आउने परिणाम तर्फ ग्रेटर नेपालको पक्षमा हिड्नेहरुको ध्यानाकर्षण गराउनु भयो ।
रणनीति र कुटनीतिलाई उच्च गोप्यतामा सञ्चालन गर्न सकेमात्र राजनीति सफल हुने धारणा राख्दै नेता गोविन्दराज जोशीले मुलुक सञ्चालन गर्नेहरुमा त्यो क्षमता नभएको बताउनु भयो । कुन व्यक्ति कुन पदमा छ, त्यो गौण भएको चर्चा गर्दै जोशीले देशको राजनीतिक असफलता उन्मुख छ, जनताले पदमा रहेका व्यक्तिको फोटो चोकचोकमा राखेर जुत्ताको माला लगाएका छन्, जुत्ताले, लात्तीले प्रहार गरेका छन्, थुकेका छन् । खै त्यो पदमा बस्ने व्यक्तिको मूल्य र मर्यादा ? जोशीको प्रश्न थियो ।
अहिले मुलुकको बोझ भएको धर्म निरपेक्षता र संघीयतालाई धोकापूर्ण प्रक्रियाबाट संविधानमा घुसाइएको चर्चा गर्दै जोशीले मुलुकमा अहिले देश र जनताहरुलाई धोका दिनेहरु मात्रै हावी भएको सत्ता र शक्तिमा हावी भएको विश्लेषण गर्नुभयो ।
तनहुँ जिल्ला अहिले नेपालभर बद्नाम भएको चर्चा गर्दै जोशीले २०८४ सालको चुनावसम्म नै गठबन्धन कायम रह्यो भने तनहुँमा नेपाली काँग्रेसको तर्फबाट कसैले पनि उम्मेदवारी नपाउने ठोकुवा गर्नुभयो । साथसाथै जोशीले यो पनि ठोकुवा गर्नुभयो कि जोशी समूहलाई वाईवास गरेर तनहुँमा कसैले पनि चुनाव जित्न सक्दैन ।
कार्यकर्तालाई धैर्यताका साथ उच्च मनोबल बनाएर विकृति विसंगति अन्याय र अत्याचारको विरोध गर्दै अगाडि बढ्नुहोस्, समयले त्यस्तै व्यक्तिलाई नेता बनाउँछ भन्दै जोशीले त्यस्तै कार्यकर्ताको साथमा आफू उभिने बताउनु भयो ।
कार्यकर्ताको उल्लेख्य सक्रिय सहभागिता रहेको भेलालाई बी पी विचार समाजका केन्द्रिय सदस्य सुकुमलाल गुरुङ, नेपाली काँग्रेस तनहुँका पूर्व उपसभापति गोपीबहादुर गुरुङ, गण्डकी प्रदेश सचिव परशुराम गिरी, सल्लाहकार गोपालप्रसाद भण्डारी, समाजको क्षेत्र नं. एकका क्षेत्रिय सभापति केशरबहादुर गुरुङ्ग, पूर्व सभापति रामदेव पन्थ, कृष्णराज न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो ।
वी पी विचार समाज तनहुँका कार्यबहाक सभापति क्या. रेशमबहादुर गुरुङ्गको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सचिव पञ्चबहादुर गुरुङ्गले गर्नुभएको थियो भने स्वागत सोलबहादुर चितौरेले गर्नुभएको थियो ।
संविधान नै देशको हरेक समस्याको कारण बनेको छ– जोशी
previous post