“महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने नाराको साथ नेपालमा र संसारभर “ध्यmबल ष्ल भिबमभचकजष्उस् ब्अजष्भखष्लन बल भत्रगब ि
ागतगचभ ष्ल ब ऋइख्क्ष्म्–ज्ञढ धयचमि”(नेतृत्वमा महिला ः कोभिड–१९ को संसारमा समान भविष्य ) नाराका साथ १११ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । संसारले यो दिवस मनाउन थालेको १११ वर्ष भएपनि नेपालमा भने पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारको पहलमा २०१६ देखि औपचारिक रूपमा मनाउन थालिएको हो ।
सोमबार अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर तनहुँमा पनि विभिन्न कार्यक्रम भए । व्यास नपाले २१ किमी लामो महिला हाफ म्याराथनको आयोजना ग¥यो भने देवघाट गाउँ पालिकाले आफुलाई भिन्न देखाउन श्रीमतीेले श्रीमान् बोेकेर दौडने प्रतियोगिता राख्यो । अन्य पालिकाहरुले पनि आ–आफ्ना कार्यक्रम गरे । रेडक्रसले रक्तदान कार्यक्रम राख्यो । अन्य गैरसरकारी संस्थाहरुले पनि विभिन्न कार्यक्रम राखे । कसैले समाजमा अगुवाई गर्ने महिलाहरुलाई सम्मानित गरे । यि कार्यक्रमहरुको समान कामका लागि समान ज्यालाबाट सुरु भएको महिला आन्दोलनसंग के साईनो राख्छन्, कति तादात्म्यता राख्छन् वा यस्ता कार्यक्रमले महिला आन्दोलनको फराकिलो हुँदै गएको आयामलाई कसरी सम्बोधन गर्छन् भन्ने विषयमा वहस गर्न सकिन्छ र गर्नुपनि पर्छ । नभए कर्मकाण्डी बन्दै गएका र वास्तविक लाभ प्राप्त गर्नुपर्ने श्रमिक महिलासम्म पुग्न नसकेका कार्यक्रमको ओइरो लाग्ने र फेरी पनि टाठाबाठाले मात्र लाभ लिने अवस्था रहिरहन्छ ।
दिवसका सन्दर्भमा महिला अधिकारकर्मी विना सिलवालले समाजिक सञ्जालमा व्यक्त गरेको विचार यहाँ उल्लेख गर्न मन लाग्यो । सिलवाल लेख्छिन्, आजका दिनबाट हाम्रोजस्तो विकासोन्मुख देशमा महिला अधिकारका क्षेत्रमा बनेका नीति नियम र कानुनहरूको प्रभावकारी कार्यान्वयन होस् । सबै छोरीहरुले सकुसल जन्मन पाउन् । छोरा या पुरुष सरह समान हैसियतमा हुर्कन पाउन् । राज्यका सबै तहमा समान सहभागिता होस् र महिलाको अस्तित्वलाई सहअस्तित्वको रुपमा स्वीकारेर सुखी, खुसी र सम्बृद्ध संसारको विकास होस् । त्यसका लागि हरेक मानवले म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा भएको हेरेर बस्दिन भन्ने मान्यता राख्दै हिंसाका विरुद्ध मैले नबोले कसले बोल्ने, यहाँ नबोले कहाँ बोल्ने र अहिले नबोले कहिले बोल्ने भन्ने संस्कारको विकास होस् ।
महिला अधिकारकर्मी सिलवालको शुभाकांक्षासंग श्रीमान्लाई बोकेर श्रीमती दौडने प्रतियोगिताको के साइनो छ ? यो पंतिकारले बुझ्न सकेको छैन । कुनै पनि खालको हिंसामा परेर समाजमा पुनःस्थापित हुन नसकिरहेकी एउटी महिलाको पुनःस्थापनामा सघाएको भए महिला दिवसको सार्थकता रहन्थ्यो कि ? अझ आफ्ना लालाबालालाई सांझ विहान के खुवाउने भन्ने समस्यामा रहेकी एकल महिलालाई रोजगारीको अवसर सृजाना गर्ने घोषणा गर्न सकेको भए यस वर्षको श्रमिक महिला दिवसका सन्दर्भमा नेपालले तय गरेको नाराले आकार ग्रहण गथ्र्याे कि ?
कोभिडका कारण हजारौं नेपाली महिलाको रोजी रोटी खोसिएको छ । गत चैत्रका भएको बन्दाबन्दीका कारण रोजगारी खोसिँदा छोरा छोरीलाई सांझ विहान के खुवाउने भन्ने समस्यामा रहेको बताउने थुप्रै महिला थिए । शायद उनिहरु अmभै पनि श्रम बजारमा स्थापित हुन सकेका छैनन् । तिनीहरुलाई स्वरोजगार हुन सघाउने खालका कार्यक्रमको घोषणा कुनै स्थानीय सरकारले श्रमिक महिला दिवसको दिनमा गर्न सकेका भए बल्ल अन्तर्राष्ट्रिय यो दिवस मनाउनुको अर्थ रहन्थ्यो ।
निर्मला, भागरथी र सम्झनाका परिवार न्यायका लागि तड्पि रहेका छन् । विहान विद्यालय, कलेज वा कार्यालय गएकी छोरी साँझ सकुसल घर फर्कने हो कि होइन भन्ने चिन्तामा हरेक अभिभावक रहेका छन् । बोक्सीको आरोपमा महिलाहरुलाई दुव्र्यवहार गर्ने, विघवा भएका लोग्ने टोकेकी भनेर दुर्वचन गर्ने, महिलाको रुद्र घण्टी हुँदैन भनेर उनीहरुलाई अविश्वासको पात्र बनाउने जस्ता कुराले उनीहरुको सम्मान भएको छैन । दाइजो नल्याएको निहुमा ज्यान अङ्गभङ्ग हुने तथा ज्यानै गुमाउने महिलाको संख्यापनि हामी कहाँ यथेष्ट नै छ । यस्तो बेला उनीहरुलाई आश्वस्त तुल्याउने खालका कार्यक्रम ल्याउने पहल कुनै स्थानीय सरकारले गरेको भए शायद यस वर्षको नारी दिवसको हाम्रो नारा महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधारले सार्थकता पाउने थियो ।
हाम्रा स्थानीय सरकारहरुले आयोजना गरेका कार्यक्रमहरुले महिला सम्मान वृद्धिमा सहयोग गरेका होलान्, सधैं पुरुषले आफ्नी श्रीमती बोकेर दौडने प्रतियोगिता भइरहेका बेला महिलाले श्रीमान बोकेर दौडने प्रतियोगितामा सहभागी हुँदा महिलामा हामी पनि गर्न सक्छौं भन्ने सकारात्मक भावको सञ्चार भएको र आत्म विश्वास जागृत भएको होला । अनि ¥याली तथा प्रदर्शन र दौड प्रतियोगिताहरुले पनि महिलाको आत्म सम्मानमा वृद्धि भएको होला । मैले ति कार्यक्रमहरुलाई व्यर्थ भन्न खोजेको होइन तर हाम्रा प्राथमिकता के हुन् भनेर बुझ्नु र सोही अनुसारका कार्यक्रम तय गर्दा सबै वर्ग र क्षेत्रका महिलाले आफुमाथी न्याय भएको अनुभूत गर्दा हुन् । श्रमिक महिला दिवस आएको महसुस गर्दा हुन् ।
¥याली वा कार्यक्रम स्थल छेउबाट सावेल र कराई बोकेर गएका महिलको मनले के भन्दो हो भन्ने सोचेर कार्यक्रम बनाउन सके कति राम्रो हुँदो हो ? एउटा मिठो कल्पना । समाज सेवाको काममा लागि परको महिलालाई सम्मान गर्नुपर्छ । यसमा कसैको दुइमत छैन तर सम्मान कार्यक्रम गर्दैगर्दा दैनिक ज्याला मजदुरी गर्ने महिलालाई बोलाएर सम्मान गर्न पाए ? स्वरोजगारमा लागेर आफ्नै पाखुरीको बलमा बाँचेका महिलालाई बोलाएर सम्मान गर्न पाए ? हाम्रो समुदायमा सम्मानका हकदार थुप्रै महिलाहरु छन् जसमा हाम्रो ध्यान गएको देखिएको छैन । बरु हाम्रा कार्यक्रमहरु टाउको दुखेको औषधी नाइटोमा लाई भएका छन् । यतातर्फ हाम्रा सरकारहरुले सोच्ने हो कि ?