24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

शैक्षिक सुधारका लागि व्यानपाका प्रअहरुको चासो

दमौली/व्यास नगरपालिका शिक्षा शाखाले बुधबार शैक्षिक सुधारकालागि ३९ बुँदे आव्हान पत्र माथि छलफल गरी विविध निर्णयका साथै प्रअहरुसंग कार्य सम्पादन २६ बुँदे करार सम्झौतामा हस्ताक्षर भएको छ ।

व्यास नगरपालिका शिक्षा शाखाका उपसचिव अम्बिका आचार्यले दिनुभएको जानकारी अनुसार व्यास नगरपालिकालाई शैक्षिक गन्तब्य थालो बनाउन ३९ बुँदै आब्हानले टेवा पु¥याउनेमा बैठकका सहभागिहरु सर्बसम्मत देखिएका थिए । त्यसैगरी ३९ बुँदे आव्हानलाई क्रमिक रुपमा कार्यान्वयन गर्दै जाने निर्णय पनि भएको छ । शैक्षिक सुधारका लागि बुधबारबाट शुरु भएको कदमको परिणामको प्रतिक्षामा व्यास क्षेत्रका प्रधानाध्यापकहरु रहेका छन् । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विशेष सम्बोधन गर्नु भएको थियो । त्यसैगरी नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी लगायतले सम्बोधन गर्नुभएको बाल मन्दिर माध्यमिक विद्यायका सहायक प्रधानाध्यापक मोहन वस्ताकोटीले बताउनु भयो ।

नियमित प्रअ बैठकलाई विशेष महत्व दिएर बृहद् रुपमा सञ्चालन गर्नुको प्रमुख लक्ष्य शैक्षिक सुधार रहेको हुँदा विद्यालयका प्रशासनिक कामको व्यवस्थापनका लागि प्रअ नियुक्ति पुरा नगरेका विद्यालयहरुले तुरुन्त प्रक्रिया पुरा गर्न बैठकले निर्देश गरेको छ । त्यसैगरी एस आई पी र सोसल अडिट मंसिर मसान्त भित्रमा अनिवार्य रुपमा बुझाउन पनि बैठकले सबै विद्यालयलाई निर्देश गरेको छ । विद्यालयको योजना माग सम्बन्धी प्रस्ताव मंसिर मसान्तभित्र पेश गर्ने सबै प्रअहरुले प्रतिबद्धता जनाएका छन् । बैठकमा दोस्रो चौमासिक परिक्षा मंसिर २० गतेबाट शुरु गर्ने विषयमा समेत सहमति जुटेको छ ।

Related posts

सम्बन्ध विच्छेद पछिको अधिकार

admin

जन्मदिनमा श्रृङ्गलाई भलिबल

admin

दशैं कस्को ?

admin