
दुलेगौडा/तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित नयाँ वर्ष २०८२ टेबल क्यालेण्डर बैशाख ११ गते एक कार्यक्रमका बीच संचालकहरू ले संयुक्त रूपमा विमोचन गरेको शुक्लागण्डकी एफ.एम. द्वारा प्रसारित समाचारमा जनाइएको छ ।
प्रकाशन गरेको विमाचन गरिएको छ ।
शुक्रवार दुलेगौडा मा आयोजित सो कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष शिव पौडेल, उपाध्यक्ष आनन्द सुन्दर श्रेष्ठसँगै अन्य पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा विमोचन गरेका गरेका हुन् ।
संस्थापक अध्यक्ष श्रेष्ठले वर्तमान समयमा रेडियोले विकृति विसंगति विरुद्ध आवाज उठाउदै सकरात्मक र जिम्मेवार सन्देश प्रवाहमा गर्न निर्देशन दिएका थिए । रेडियोका अध्यक्ष शिव पौडेलले टेबुल पात्रोले रेडियोको उपस्थिती र प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव टिकराम श्रेष्ठले गरेका थिए ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ । गीत संगीतको अलवा रेडियोमा हाल दैनिक ६ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।