24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

शिक्षक संघ ऋषिङ्गको तेस्रो प्रतिनिधि सभा

नेपाल शिक्षक संघ ऋषिङको तेस्रो प्रतिनिधि सभा शनिबार ऋषिङमा सम्पन्न भएको छ । संघका ऋषिङ सभापती महेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सभा नेपाली कांग्रेस क्षेत्र नं २ का सह सभापती राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले संगठन हकहितको लागि आवाज बुलन्द गर्दै गर्दा अधिकार र कर्तब्यलाई एकसाथ निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमल पोखरेलले शिक्षक हकहितको लागि नेपाल शिक्षक संघ गम्भीर ढङ्गले लागेको बताउँदै अन्य दलबाट प्रतिनिधित्व जनाउने शिक्षक हकहितको लागि गठित समितिका प्रतिनिधिहरु फगत राजनैतिक संगठन बिस्तारको लागि मात्र केन्द्रीत हुँदा शिक्षकका वास्तविक समस्याहरु ओझेल परेको बताउँदै एक स्थानमा उभिएर शिक्षकको समस्या तथा कर्तब्यपरायणतामा साझेदार बन्न आग्रह गरे । शिक्षक कल्याणकारी कोषको तर्फबाट तनहुँका शिक्षकका घाउमा मल्हम लगाउनको लागि आफुलाई समर्पण गरेका उनले आगामी दिनमा शिक्षकको समस्याको लागि शिक्षक नै निरन्तर कृयाशिल तथा सारथि बन्नुपर्ने बताए । उनले छिट्टै शिक्षकका लागि दिर्घकालिन रोगका उपचारका लागि तथा अन्य स्वास्थ्य उपचारका लागि भिन्न र पृथक बाटो अवलम्बन गरिने योजना रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ऋषिङ्गका सचिब दान बहादुर श्रेष्ठले ऋषिङ्गको समग्र बिकासको लागि स्थानिय सरकारले भौतिक पुर्बाधारमा मात्र जोड दिएको र शिक्षा तथा सामाजिक बिकासमा कम गम्भीर देखिएको हुँदा भौतिक तथा सामाजिक बिकासलाई सँगसँगै लैजान सुझाव दिए । उनले सामाजिक बिकास तथा शैक्षिक हिसाबले निकै कमजोर रहेको ऋषिङ्ग क्षेत्रमा गाउँपालिकाका पछिल्ला कदमहरुपनी खास प्रभावकारी नरहेको तथा शिक्षा क्षेत्रका लागि सुखद नरहेको टिप्पणी गर्दै शैक्षिक बिकास बिना समाज परिबर्तनको सपना अधुरो रहने भन्दै शिक्षामा लगानी तथा शिक्षकको कृयाशिलताले मात्र वास्तबिक रुपमा सुन्दर ऋषिङ्गको कल्पना पूरा हुने बताए ।
कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रानाभाट, प्रधानाध्यापक संघ ऋषिङ्गका अध्यक्ष बिष्णुप्रसाद बराल, शिक्षक संघ तनहुँका सहसचिब गणेशकुमार श्रेष्ठ, शुक्ला मा बि का प्रधानाध्यापक केशर थापा मगर, श्रृङ्ग माबिका प्रधानाध्यापक टंकबहादुर थापा लगायतले शिक्षक हकहित पक्षमा मत जाहेर गरेका थिए । नेपाल शिक्षक संघका उपाध्यक्ष तिलिसरा थापाले स्वागत मन्तब्य दिएको उक्त सभा सचिब राजेन्द्र गिरिले संचालन गरेका थिए ।

Related posts

सवारी तथा यातायात सम्बन्धी कानून र व्यवहार

admin

अल्ट्रा म्याराथन

admin

वर्षा: विनास र अवसर

admin